3 years ago
January 23, 2023
दिक्षान्स खड्का, हेटौंडा
पाँचौ संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता पूर्व निर्धारित समय भन्दा अगाडि नै सुरु हुने भएको छ । आयोजक मकवानपुर जिल्ला फुटबल संघले सोमबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत माघ २९ गते प्रतियोगिता सुरु हुने जानकारी गराएको छ ।

यसअघि फागुन ४ गतेबाट प्रतियोगिता गर्ने भनिए पनि सोहीसमयमा अन्य गोल्डकप हुने भएकोले माघ २९ गतेबाट गर्ने निर्णय गरिएको हो संघले जनाएको छ । कार्यसमिति बैठकले संघ अध्यक्ष टीकाराम लामालाई प्रतियोगिताको संयोजकको जिम्मेवारी दिने निर्णय बताइएको छ ।
हेटौंडा–५, पिप्लेस्थित क्याम्पा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा दुई विदेशी टिम, ८ “ए“ डिभिजन क्लब र दुई मोफसल टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजक मकवानपुरसहित त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ् मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, थ्रीस्टार क्लब, नेपाल एपिएफ फुटबल क्लब, हिमालयन शेर्पा क्लब, एनआरटी क्लब, मछिन्द्र क्लब, सातदोबाटो युवा क्लब, जावलाखेल युथ क्लब, एभिनियर एफसी क्यामरुनको सहभागिता रहने बताइएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १५ लाख र दोस्रो टोली १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार तथा विधागत उत्कृष्ट खेलाडीहरुले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोकृष्ट खेलाडीलाई यसअघिको तेस्रो र चौथो संस्करणमा हेटौंडा स्कुल म्यानेजमेन्टले रोयल इन्फिल्ड बाइकको प्रायोजन गर्दै आएको थियो ।
यस पटक पनि बाइकको प्रायोजनका लागि हेटौंडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक पुरण जोशीसँग छलफल गरिने जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामाले बताए । मकवानपुर गोल्डकपको चौथो संस्करणको फाइनलमा घरेलु टोली विजय यूथ क्लवलाई हराउँदै आर्मी क्लबले उपाधि जितेको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]