default_image

3 years ago

January 24, 2023

एमबाप्पेले ५ गोल गर्दा पिएसजीको फराकिलो जित

427 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली युवा फरवार्ड किलियन एमबाप्पे एक्लैले ५ गोल गर्दा पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा पेस डे कासलमाथि फराकिलो जित दर्ता गरेको छ ।

अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीलाई विश्राम दिइएको खेलमा पिएसजीले ७-० को जित दर्ता गरेको हो । एमबाप्पे एक्लैले पाँच गोल गर्दा नेयमार र कार्लोस सोलरले १-१ गोल थपे । जितसँगै पिएसजी प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

फ्रान्सेली फुटबलको छैटौं श्रेणीमा खेल्ने क्लबले प्रतियोगितामा यसअघि तीन खेल जितिसकेको थियो । सोमबार पनि पिएसजीलाई २९ मिनेटसम्म गोल गर्न दिएको थिएन । तर एमबाप्पेले अग्रता दिलाएपछि नेयमारले अर्को गोल थपे ।

एमबाप्पेले त्यसपछि लगातार गोल गर्दै पहिलो हाफमै ४-० को अग्रता दिलाए । दोस्रो हाफमा पनि एमबाप्पेको दुई गोलको बीचमा सोलरले पनि गोल थप्दै फराकिलो जित पक्का गरे ।

अब पिएसजीले क्वाटरफाइनलमा पुग्न मार्सेको सामना गर्नेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.