3 years ago
January 24, 2023
एजेन्सी – फरवार्ड ह्यारी केनको गोल सहयोगमा टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा महत्वपूर्ण जित निकालेको छ ।

टोटेनहमले घरेलु टोली फुलहममाथि १–० को जित दर्ता गरेको हो । केनले पहिलो हाफको अन्त्यतिर गरेको गोल नै टोटेनहमको जितमा निर्णायक बन्यो ।
क्राभेन कटेज लन्डनमा सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा केनले गोल गर्न सफल भएका थिए । उनले ह्युङ मिन सनको पासलाई सदुपयोग गरेका थिए ।
फुलहमविरुद्धको गोलसँगै केनले क्लबका लागि २६६औं गोल गर्दै टोटेनहमका सर्वकालीन सर्वाधिक गोलकर्ताको रुपमा जिमी ग्रीभ्सको कीर्तिमानलाई बराबरी गरेका छन् ।
२९ वर्षीय इङ्ल्यान्ड फरवार्डले टोटेनहमका लागि ३०० प्रिमियर लिग खेलमा उनको १९९औै गोल हो । चेल्सीबाट करियर सुरु गरेका ग्रीभ्सले सन् १९६१ देखि १९७० सम्म स्पर्सका लागि ३७९ खेलमा २६६ गोल गरेका थिए । सन् २०११ मा टोटेनहममा डेब्यु गरेका केनले क्लबका लागि ४१५ खेलमा २६६ गोल गरेका छन् ।
यस जितसँगै टोटेनहम २१ खेलबाट ३६ अंक जोडेर चौथो स्थानको म्यानचेस्टर युनाइटेडसँगको अंक दुरी छोट्याएर पाँचौं स्थानमा यथावत रहेको छ । पराजित फुलहम २१ खेलबाट ३१ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]