default_image

10 years ago

September 18, 2015

नेपाल यु-१६ को किर्गिस्तान यु-१६ बिरुद्द शानदार जित

225 views

0 Bookmark

काठमाडौं, असोज १ गते ।

आज भएको एफसी यु-१६ को छनोट चरणको दोस्रो खेलमा नेपालले किर्गिस्तान यु-१६ लाई ४-२ ले हराउन सफल भएको छ । पहिलो हाल्फमा दुई गोलले पछी परेको नेपालले चारै गोल दोस्रो हाल्फमा गरेको हो । यो नतिजा ले नेपाल को एफसी फाईनल राउन्डमा छनोट हुने सम्भावना प्रबल बनाएको छ । भारतमा हुने एफसी फाईनल राउन्डमा सेमि-फाइनल प्रबेश गर्ने चार टोलिहरुले भारतमा हुने यु-१७ विश्व कप खेल्नेछ । 

nepali u-16 national football team

 

जोर्डन बिरुद्धको जितसंगै उच्च मनोबलको साथमा मैदानमा उत्रिएको नेपालले सुरुवातमा आक्रामक फुटबल खेलेपनि पहिलो हाल्फको पछिल्लो समयमा घरेलु टिम खेलमा हाभी भयो |

किर्गिस्तानका सिगाइबेभ इमिरले खुल्ला अवसरमा पोष्ट भित्रबाट गरेको प्रहारलाई नेपालका गोलरक्षक अर्पण कार्कीले बचाउ गर्दै घरेलु टोलीलाई अग्रता लिन दिएनन्  | आकर्षक  प्रदर्शन गर्दै नेपाललाई खेलमा खेलमा राख्न थुप्रै बचाउ गरे तर खेलको ३१औ मिनेटमा उनको केहि सिप लागेन |  पेनाल्टी बक्स बाहिर पाएको फ्रिककलाई बोरुबाइभ गुल्झिटले सोझै गोल गर्दै घरेलु टोलिले खेलमा अग्रता लियो |१ मिनेट पस्च्यात नेपालको चुनौती कठिन पार्दै सिगाइबाइभ इमिरले पेनाल्टीमा गोल गरे र पहिलो हाल्फमा नेपाल २-० ले पछी पर्‍यो |

२-० ले पछिपरेको नेपाल दोस्रो हाल्फ़मा ४ गोल फर्काउन सफल भयो | नेपालले दोस्रो हल्फमा उत्कृष्ट प्रदशन गर्दै स्टेडीयममा भएको ८ हजार घरेलु दर्शकलाई शान्त बनाउन सफल भयो ।  दोस्रो हाल्फको १३औं मिनटमा कप्तान मनिश कार्कीले गोल गर्दै २-१ बनाएका थिए, रेजिनले दिएको बललाई मनिशले पेनाल्टी लाईन बाट गोल गरेका थिए । बिचमा प्रतिद्वोन्दी केहि राम्रो खेले पनि रेजिनले ६९औं मिनटमा एकल प्रायसमा उत्कृष्ट गोल गर्दै खेल २-२ को बाराबारीमा लेराएका थिए । दिनेश हेन्जनले फेरी चार मिनट पछी लङ पासलाई गोलमा परिणत गर्दै ३-२ को आग्रता दिलाए । खेलको ८५औं मिनटमा अभिषेक रिजाललाई लडाए पश्चात किर्गिस्तानका कप्तान मेलिसबेकोभ अजमातले दाहोरो पहेलो कार्ड सँगैं रातो कार्ड पाएका थिए र बिपक्षी १० जनामा सिमित भएको थियो । ९०+१ मिनटमा दिनेश हेन्जनको गोल गर्दै स्कोर ४-२ बनाए ।

नेपालले समुह चरणको अन्तिम खेल ओमान सँग खेल्नेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.