default_image

3 years ago

January 25, 2023

बायर्न हारबाट जोगियो, लाइप्जिगको सानदार जित

175 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्षस्थानमा रहेको बायर्न म्युनिख हारबाट जोगिदा आरबी लाइप्जिगले सानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमा बायर्न एफसी कोल्नसँग १–१ गोलको बराबरीमा रोकिएको हो । कोल्नका एलएस स्किरीले गोल गर्दा बायर्नका योसुवा किम्मिखले बराबरी गोल फर्काए ।

एलिएन्ज एरिना म्युनिखमा मंगलबार राति भएको खेलमा घरेलु टोली बायर्नले खेलको चौथो मिनेटमा नै गोल खान पुगेको थियो । एलएस स्किरीले जुलियन चावोटको पासमा गोल गरेपछि बायर्न खेलमा १–० ले पछि पर्यो । त्यसपछि पाहुना टोलीमाथि खेलभर नै दवावमा राखेको बायर्नले गोलको लागि खेलको अन्तिम समय नै कुर्नुपर्यो ।

इन्ज्युरी समयको थप गरिएको अन्तिम समयमा योसुवा किम्मिखले डेआट उपामेकानोको पासमा गोल गर्दै बायर्नलाई हारबाट जोगाए । यस बराबरीसँगै बायर्न १७ खेलबाट ३६ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । कोल्न २१ अंक जोडेर १०औं स्थानमा छ ।

बुन्डेस लिगाकै अर्काे खेलमा आरबी लाइप्जिगले साल्केलाई ६–१ ले पराजित गर्दै शीर्षस्थानको बायर्नसँगको अंक दुरी छोट्याएको छ ।

लाइप्जिगको जितमा आन्द्रे सिल्भाले दुई तथा बेन्जामिन हेनरिच, टिमो वेर्नर, ड्यानी ओल्मो र युसुफ पल्सेनले समान एक गोल गरे । साल्केका सोइचिरो कोजुकीले एक गोल फर्काए । यस जितसँगै लाइप्जिग १७ खेलबाट ३२ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित साल्के ९ अंक जोडेर पुछारमा छ ।

अर्काे खेलमा वल्फ्सवर्गले हर्था बर्लिनलाई ५–० ले पराजित गर्दा होफेनहाइन र भिएफवी स्टुटगार्टले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.