3 years ago
January 25, 2023
एजेन्सी – यसपालीकाे युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुन: स्पेन र इटाली भिड्ने भएका छन् । युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले बुधबार निकालेकाे ‘ड्र’ अनुसार सेमिफाइनलमा स्पेन र इटाली पुन: भिड्ने भएका हुन् ।

सन् २०२१ को सिजनकाे सेमिफाइनल मा स्पेनले इटालीलाई २–१ ले पराजित गरेको थियो । फाइनलमा फ्रान्ससँग २–१ ले नै पराजित भएको थियो । अर्काे सेमिफाइनलमा क्रोएसिया र नेदरल्यान्ड्स भिड्ने छन् ।
सेमिफाइनल अगामी १४ र १५ जुनमा हुनेछ । फाइनल र तेस्रो स्थानको खेल १८ जुनमा हुनेछ । १४ जुनमा नेदरल्यान्ड्स र क्रोएसियाले पहिलो सेमिफाइनल खेल्नेछ । १५ जुनमा इटाली र स्पेन भिड्ने छन् । यो सबै खेल नेदरल्यान्ड्सको रोदरड्याम वा इन्सिड शहरमा हुनेछ ।
क्रोएसिया नेसन्स लिग १ को समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । स्पेन समूह बी, इटाली समूह सी र नेदरल्यान्ड्स समूह डीको विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेका टोली हुन् । यता, नेदरल्यान्ड्स सन् २०१९ को नेसन्स लिगको फाइनलमा आयोजक पोर्चुगलसँग १–० ले पराजित भएको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]