default_image

3 years ago

January 26, 2023

म्यानचेस्टर युनाइटेडको सहज जित

267 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले इएफएल अर्थात कारवाओ कपको सेमिफाइनलको पहिलो लेगमा सहज जित हात पारेको छ ।

युनाइटेडले प्रिमियर लिग प्रतिद्धन्द्धी नटिङहम फरेस्टमाथि उसकै मैदानमा ३–० को सहज जित हात पार्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

दि सिटी ग्राउण्ड नटिङहममा बुधबार राति भएको खेलमा युनाइटेडको सहज जितमा मार्कस रासफर्ड, वोउट वेगह्रष्ट र ब्रुनो फर्नान्डेसले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल भएको थियो ।

खेलको छैटौं मिनेटमा नै रासफर्डले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए । उनले क्यासमिरोको पासलाई सदुपयोग गरे । ४५औं मिनेटमा वेगह्रष्टले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।

त्यसपछि खेलको अन्त्यतिर ८९औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई ३–० को सहज जित दिलाए । उनले एन्थोनी एलांगाको पासलाई सदुपयोग गरेका थिए ।

दोस्रो लेगको खेल एक सातापछि युनाइटेडको मैदानमा हुनेछ । अर्काे सेमिफाइनलको पहिलो लेगमा न्यूक्यासल युनाइटेडले साउथह्याम्टनलाई १–० ले पराजित गरेको छ । दोस्रो लेग अर्काे साता नै हुनेछ । फाइनल २६ फेब्रुअरीमा हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.