3 years ago
January 26, 2023
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्व कपको टिकट विक्रीका विषयमा सबै जानकारी उपलब्ध गराउन एन्फाकै सदस्यले अध्यक्षलाई बुधबार निवदेन दिएका छन् ।

एन्फा सदस्य रुपेश अधिकारीले ५ वटा प्रश्न सोध्दै त्यसम स्पष्ट पार्न आग्रह गरेका छन् । फिफाबाट विश्व कपका लागि कुन कुन खेलका लागि कति थान टिकट प्राप्त भएको, टिकट को र कसलाई वितरण गरियो, कुनै टिकट निशुल्क प्राप्त भएको थियो थिएन भन्ने प्रश्न गरेका छन् ।
त्यस्तै अधिकारीलले सन्चारमाध्यममा आए अनुसार एएफसीलाई कति र किन टिकट दिएको तथा गैर जिम्मेवार व्यक्तिबाट अन्तर्राष्ट्रिय निकायमा इमेल आदानप्रदान गरेको विषयमा स्पष्ट पार्न समेत भनेका छन् ।
एन्फा सार्वजनिक निकाय भएको यसको काममा जनसरोकार हुनु स्वभाविक भएको भन्दै अधिकारीले एन्फाको कामका बारेमा कार्यसमिति जानकार र जवाफेदेही हुन जरुरी रहेको अधिकारीले पत्रमार्फत धारणा राखेका छन् । फिफा विश्व कपको टिकटका विषयमा उठेका सवालमा स्पष्ट पार्न अधिकारीले अनुरोध गरेका छन् ।

एन्फा महासचिव किरण राईले कतारमा भएको विश्कपका लागि २ सय ९० वटा टिकट विक्रीका लागि उपलब्ध भएको बताएका छन् । उनले एएफसीलाई विक्री गरेको टिकटको संख्या यकिन नबताएपनि २७ वटा जति रहेको उल्लेख गरे ।
‘हामीले टिकट विक्रीमा दुरुपयोग गरेका छैनौं । कार्यसमितिले तय गरेको मापदण्डका आधारणमा टिकट विक्री भएको छ । कुनै पनि टिकट निशुल्क विक्री भएको छैन ,’ राईले भने, ‘कस कसलाई टिकट विक्री गरेको भन्ने सुची पनि तयार छ । त्यसलाई पहिला कार्यसमितिको बैठकमा राख्छौं । ’
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]