default_image

3 years ago

January 27, 2023

रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनलमा

294 views

0 Bookmark

एजेन्सी – मड्रिड डर्वीमा अतिरिक्त समयमा जित निकाल्दै रियल म्याड्रिड स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रियलले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको एट्लेटिको मड्रिडमाथि ३–१ को पूनरागमन जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । घरेलु मैदानमा रियलको जितमा रोड्रिगो, कप्तान करिम बेन्जेमा र भिनिसियस जुनियरले गोल गरे ।एट्लेटिकोका अल्भारो मोराटाले एक गोल गरे ।

सान्टियागो बर्नबेउमा बिहीबार राति भएको खेलको १९औं मिनेटमा मोराटाको गोलबाट रियल खेलमा पछि परेको थियो । उनले नाहुइल मोलिनाको पासमा गोल गर्न सफल भएका थिए ।

एक गोलले पछि परेको रियलले ७९औं मिनेटमा बराबरी गोल फर्काउँदै खेलमा फर्कियो । रोड्रिगोले लुका मोड्रिचको पासमा तीन डिफेन्डरलाई बिट गर्दै सुन्दर गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि खेल अतिरिक्त समयमा लम्बियो ।

९९औं मिनेटमा एट्लेटिको १० खेलाडीमा समेटिन पुग्यो । स्टेफन साभिच चार मिनेटको अन्तरमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । उनले एडुआर्डाे कामाभिंगालाई स्लाइडिङ च्यालेन्ज गरेका थिए ।

१०४औं मिनेटमा कप्तान बेन्जेमाले गोल गर्दै रियललाई २–१ ले अघि बढाए । मार्काे एसेन्सियोले दिएको लो क्रसलाई भिनियसले प्रहार गर्ने प्रयास गरेपनि उनको खुट्टामा लागेर गएको बललाई बेन्जेमाले सहजै गोलमा परिणत गरे ।

त्यसपछि अतिरिक्त समयको थप गरिएकोपहिलो मिनेटमा भिनिसियसले सोलो गोल गर्दै रियलको जित पक्का गरे । मैदानको मध्य भागमा रेइनेल्डोबाट ड्यानियल सेवालोसले बल खोसेपछि भिनिसियसले बल अघि बढाएर सहज गोल गर्न सफल भए ।

अर्काे क्वाटरफाइनलमा एथलेटिको बिल्वाओले भ्यालेन्सियालाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । बिल्वाओको जितमा इकर मुनिएन, निको विलियम्स र मिकेल भेस्काले गोल गर्दा भ्यालेन्सियाले आत्मघाती गोल उपहार पाएको थियो ।

यससँगै कोपा डेल रेको सेमिफाइनल समिकरण पुरा भएको छ । यसअघि क्याटलान क्लब बार्सिलोना र ओसासुनाले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.