default_image

3 years ago

January 29, 2023

पेड्रीको गोलमा बार्सिलोनाको जित

246 views

0 Bookmark

एजेन्सी – स्पेनिस मिडफिल्डर पेड्रीको गोलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा झिनो जित निकालेको छ ।

बार्सिलोनाले घरेलु टोली जिरोनालाई १–० ले पराजित गर्दै शीर्षस्थानमा बलियो पकड बनाएको छ । स्टाडि म्युनिसिपल डि मोन्टिलिभि जिरोनामा शनिबार राति भएको खेलमा बार्सिलोनाले घरेलु टोलीलाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।

१५औं मिनेटमा औसमाने डेम्वेलेले टाइट एंगलबाट गरेको प्रहारलाई गोलरक्षक पाउलो गाजानिगाले मुस्किलले बचाए । ६४औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । उनले जोर्डी अल्वाको पासलाई सदुपयोग गरेका थिए ।

८६औं मिनेटमा जिरोना बराबरीबाट चुक्यो । इभान मार्टिनले सिक्स यार्ड बक्समा पाएको सुन्दर मौकालाई खेर फाले । खेलको अन्त्यतिर जिरोनाका प्रशिक्षक मिचेल रातो कार्ड खाँदै टचलाइन छाड्न बाध्य भए ।

यस जितसँगै बार्सिलोनाले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ । बार्सिलोनाको १८ खेलबाट ४७ अंक जोडेको छ । एक खेल कम खेलेको रियल म्याड्रिडको ४१ अंक छ । पराजित जिरोना १९ खेलबाट २१ अंक जोडेर १२औं स्थानमा छ ।

ला लिगाकै अर्काे खेलमा अल्मेरियाले स्पान्योललाई ३–१, क्याडिजले मलोर्कालाई २–० र सेभियाले इल्चेलाई ३–० ले पराजित गरेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.