3 years ago
January 29, 2023
एजेन्सी – ब्राजिली मिडफिल्डर क्यासमिरो चम्कँदा म्यानचेस्टर युनाइटेडले एफए कपको चौथो चरणमा च्याम्पियनसिप क्लब रिडिङलाई पराजित गरेको छ ।

युनाइटेडले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको रिडिङलाई ३–१ ले पराजित गर्दै पाँचौं चरणमा प्रवेश गरेको छ ।युनाइटेडको जितमा क्यासमिरोले दुई तथा फ्रेडले एक गोल गरे । रिडिङका एमाडोउ सलिफ मवेंगेले एक गोल फर्काए । ओल्ड ट्राफोर्डमा शनिबार राति भएको खेलमा सबै चार गोल दोस्रो हाफमा भएको थियो ।
५४औं मिनेटमा क्यासमिरोले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए । उनले एन्टोनीको पासलाई सदुपयोग गरेका थिए ।त्यसको चार मिनेटपछि नै क्यासमिरोले फ्रेडको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।
६५औं मिनेटमा रिडिङ १० खेलाडीमा समेटियो । एन्डी क्यारोल दोहोरो रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । ६६औं मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई ३–० ले अघि बढाए । उनले ब्रुनो फर्नान्डेसको पासमा गोल गर्न सफल भएका थिए ।
७२औं मिनेटमा एमाडोउ सलिफ मवेंगेले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड विजयी हुन सफल भयो ।
अन्य नतिजा
वालसलविरुद्ध लेस्टर (०–१)
एसरिङटनविरुद्ध लिड्स (१–३)
साउथह्याम्टनविरुद्ध ब्ल्याकपुल (२–१)
फुलहमविरुद्ध सन्डरल्याण्ड (१–१)
ब्रिस्टलविरुद्ध वेस्ट ब्रुम (३–०)
इप्सविचविरुद्ध बर्नले (०–०)
ब्ल्याकवर्नविरुद्ध बर्मिङहम (२–२)
सेफिल्ड वेनस्डेविरुद्ध फ्लिटवुड (१–१)
लुटनविरुद्ध ग्रिम्सबी (२–२)
प्रिस्टनविरुद्ध टोटेनहम (०–३)
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]