3 years ago
January 30, 2023
एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलानले घरेलु मैदानमा लज्जास्पद हार बेहोरेको छ । घरेलु मैदानमा मिलानले दुई गोलले मान्यता नपाँउदा सस्सुलोसँग ५–२ को लज्जास्पद हार बेहोरेको हो ।

सस्सुलोका ग्रेगोआएर डिफ्रिल, डाभिड फ्राटेसी, डोमिनिको बेरारडी, अर्मान्ड लोउरेइन्ट र म्याथिअस हेनरिकले गोल गरे । मिलानका ओलिभर जिरुड र डिभोक ओरिगीले गोल फर्काए ।
मिलानोमा आइतबार राति भएको खेलको आठौं मिनेटमा नै घरेलु टोली मिलानले गोल गरेपनि गोलले मान्यता पाएन । ओलिभर जिरुडले गोल गरेपनि उक्त गोलको मुभमा अफसाइड देखिएको थियो ।
१९औं मिनेटमा ग्रेगोआएर डिफ्रिलले गोल गर्दै सस्सुलोलाई १–० को अग्रता दिलाए । २२औं मिनेटमा डाभिड फ्राटेसीले गोल गर्दै सस्सुलोलाई २–० ले अघि बढाए ।

२४औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै मिलानलाई खेलमा फर्काउने संकेत दिए । ३०औं मिनेटमा डोमिनिको बेरारडीले गोल गरेपछि सस्सुलोले पहिलो हाफमा ३–१ को अग्रता लिन सफल भयो ।
४७औं मिनेटमा अर्मान्डले पेनाल्टीमा गोल गरेपछि सस्सुलो ४–१ ले अिघ बढ्यो । ५४औं मिनेटमा मिलानका एन्टी रेविचले गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।
७९औं मिनेटमा म्याथिअस हेनरिकले गोल गरेपछि सस्सुलो फराकिलो जिततर्फ अग्रसर बन्यो । ८१औं मिनेटमा डिभोक ओरिगीले गोल गर्दै खेललाई ५–२ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा मिलानले फराकिलो हार बेहोर्न पुग्यो ।
यस हारसँगै मिलान २० खेलबाट ३८ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । मिलानलाई हराएको सस्सुलो २० अंक जोडेर १६औं स्थानमा छ ।
अर्काे खेलमा युभेन्ट्स घरेलु मैदानमा मोन्जासँग २–० ले पराजित भएको छ । मोन्जाको जितमा प्याट्रिक र डोनी माटाले गोल गरे । यस जितसँगै मोन्जा २० खेलबाट २५ अंक जोडेर ११औं स्थानमा छ । पराजित युभेन्ट्स २३ अंक जोडेर १३औं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]