3 years ago
January 30, 2023
एजेन्सी – फ्रान्सेली विंगर ओस्मान डेम्बेलेले युईएफए युरोपा लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडविरुद्ध हुने खेल गुमाउने सम्भावना रहेको छ । शनिबार लिग खेलका दौरान चोट बोकेपछि उनी दुई सातापछि हुने युरोपा लिग खेलका लागि उपलब्ध हुनेमा शंका बढेको हो ।

जिरोनाविरुद्ध खेलमा डेम्बेले २५ मिनेटमा बाहिरिएका थिए । जिरोनाका डिफेन्डर अर्नाउ मार्टिनेजसँग बल भेट्न कुद्दा उनी मांशपेशीमा चोट बोक्न पुगेका थिए । उनको स्थानमा आएका पेड्रीले खेलमा निर्णायक गोल गर्दै क्याटलान क्लबलाई जित दिलाएका थिए ।
बार्सिलोना र युनाइटेडबीच युरोपा लिगको नकआउट चरणमा प्रतिस्पर्धा हुँदैछ । फेब्रुअरी १६ मा पहिलो लेग क्याम्प नोउमा हुनेछ । त्यस्तै दोस्रो लेग त्यसको अर्को साता ओल्ड ट्राफर्डमा खेलिनेछ । उक्त खेलअघि बार्सिलोनाले लिगमा रियल बेटिस, सेभिया र भिल्लारिअलसँग खेल्नेछ । त्यसबाहेक कोपा डेल रे को सेमिफाइनल पनि खेल्नुपर्ने हुन्छ ।
डेम्बेले यस सिजन उच्च लयमा खेलिरहेका छन् । जाभी हर्नान्डेजको आगमनपछि राम्रो प्रदर्शन गर्दै आएका उनले ८ गोल र ७ असिस्टको योगदान दिएका छन् । बार्सिलोना आएयता लगातार चोट बोकेका उनले जाभीको आगमनपछि भने खासै समस्या भोग्नुपरेको थिएन ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]