default_image

3 years ago

January 30, 2023

भारत भ्रमणका लागि प्रारम्भिक टोली घोषणा

267 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा अर्को महिना हुने मैत्रीपूर्ण खेलका लागि महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अनन्तराज थापाले ४३ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि थापालाई आइतबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । एन्फाका महासचिव किरण राईले थापालाई सातदोबाटोस्थित एन्फा मुख्यालयमा नियुक्ति पत्र हस्तान्तरण गरेका थिए ।

पूर्व राष्ट्रिय खेलाडी समेत रहेका थापा ए डिभिजन टोली नेपाल पुलिस क्लबका प्रशिक्षक हुन् । उनलाई एन्फाले पहिलो पटक महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । थापाले यसअघि नेपालमै सम्पन्न महिला साफ च्याम्पियनसिपमा भने प्राविधिक अध्ययन समितिमा रहेर काम गरेका थिए ।

त्यस्तै पूर्व राष्ट्रिय खेलाडी गंगा गुरुङ महिला टोलीको सहायक प्रशिक्षक तथा सुरजकुमार लामा गोलकिपर प्रशिक्षक नियुक्त भएका छन् । एन्फाले मैत्रीपूर्ण श्रृखंलाका लागि बिन्द्रा देवानलाई व्यवस्थापक नियक्त गरेको छ । फागुन १ देखि १३ गते सम्म नेपाल र भारतीय राष्ट्रिय टोलीबीच मैत्रीपूर्ण खेल हुनेछ ।

प्रारम्भिक टोली :

गोलरक्षक (५) : अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, उषा नाथ, सपना राई, कविता विक

डिफेन्डर (१५) : अमृता जैशी, अन्जली वाइबा, विमला विक, घिम कुमारी गुरुङ, गीता राना, हिरा कुमारी भुजेल, कविता धिमाल, खुस्मा राई, मनिका कुस्वार, निशा थोकर, समिक्षा घिमिरे, सिर्जना चेम्जोङ, सुनिता चौधरी, सिर्जना सिंह ठकुरी, गंगा गुरुङ

मिडफिल्डर (१३) : अनिता बस्नेत, अनिता केसी, विमला चौधरी, दिपा न्यौपाने, दिपा शाही, मन्जली कुमारी योन्जन, प्रिती राई, रेनुका नगरकोटे, सरस्वती हमाल, सरु लिम्बु, हेमा चौधरी, सरस्वती ऐर, मेनुका आले मगर

फरवार्ड (१०) : अमिषा कार्की, कुसुम खतिवडा, निर्मला विक, रश्मी कुमार घिसिङ, रेखा पौडेल, सविता रानामगर, सावित्रा भण्डारी, चन्द्रा भण्डारी, संजु कुमाल, अनुष्का शेर्पा

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.