default_image

3 years ago

January 30, 2023

रियल म्याड्रिड र बार्सिलोना सेमिफाइनलमा भिड्ने

269 views

0 Bookmark

एजेन्सी – स्पेनिस कोपा डेल रे को सेमिफाइनलमा दुई महारथी रियल म्याड्रिड र बार्सिलोना भिड्ने भएका छन् । सोमबार सार्वजनिक गरिएको खेल तालिका अनुसार उपाधिका दावेदार दुई टोली फाइनलअघि नै भिड्ने भएका हुन् ।

प्रतियोगिताको अर्को सेमिफाइनलमा ओसासुना र एथ्लेटिक बिल्बाओ खेल्नेछन् । रियलले पहिलो खेल घरेलु मैदानमा खेल्नेछ । पहिलो लेग मार्च पहिलो साता हुँदा दोस्रो लेग अप्रिलको पहिलो सातामा हुनेछ । यसबीचमा दुई टोलीले १९ मार्चमा क्याम्प नोउमा ला लिगाको खेल खेल्नेछन् ।

त्यस्तै ओसासुनाले पनि पहिलो लेगमा बिल्बाओलाई आमन्त्रण गर्नेछ । यो खेल फेब्रुअरी दोस्रो साता पहिलो लेग र मार्च पहिलो सातामा दोस्रो लेग हुनेछ । फाइनलमा पुग्ने टोलीले सन् २०२४ को सुपर कपमा पनि स्थान पक्का गर्नेछ ।

हालसम्म रियल र बार्सिलोनाले कपमा ३५ पटक खेलेका छन् । बार्सिलोनाले १५ खेल जित्दा रियलले १२ खेलमा जित हासिल गरेको छ । ८ खेल बराबरीमा सकिएको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.