default_image

3 years ago

January 30, 2023

गन्नी एफसीलाई सुन्दर बजार कप फुटबल उपाधि

397 views

0 Bookmark

लमजुङ (हाम्रो खेलकुद) – गन्नी एफसी पोखराले चौथो सुन्दर बजार कप सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

गन्नीले एक गोलले पछि परेको स्थिति उल्ट्याएर साविक विजेता नाइन स्टार क्लब सुन्दरबजारलाई ३–१ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

लमजुङको सुन्दरबजार नगरपालिकास्थित कृषि क्याम्पस ग्राउण्डमा सोमबार भएको गन्नीलाई उपाधि जिताउन सन्जिव रानाले दुई तथा युनिक तामाङले एक गोल गरे । नाइन स्टारका सन्तोष गुरुङको गोल सान्त्वना बन्यो ।

सन्तोष गुरुङको गोलबाट नाइट स्टारले अग्रता लिएको थियो । युनिक तामाङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि सन्जिव रानाले दुई गोल गर्दै गन्नीको जित पक्का गरे ।

उपाधिसँगै गन्नीले २ लाख रुपैयाँसँगै शिल्ड प्राप्त गरेको छ । उपविजेता बनेको नाइन स्टारले १ लाख रुपैयाँ हात पारेको छ । उत्कृष्ट टोली बन्दै सिन्दुरे एफसीले १० हजार रुपैयाँ प्राप्त गरेको क्लबका सदस्य सुजन राना मगरले जानकारी गराए ।

गन्नी एफसीका युनिक तामाङ सर्वाेत्कृष्ट खेलाडी तथा नाइन स्टारका इन्द्र दुरा सर्वाधिक गोलकर्ता भए । उनीहरुले समान ५ हजार रुपैयाँ हात पारे ।

विजयी टोली तथा खेलाडीलाई सुन्दरबजार नगरपालिकाका मेयर कृष्ण प्रसाद कोइराला र क्लबका पदाधिकारीलगायतले पुरस्कृत गरे ।

सहिद दिवसको अवसरमा सुन्दरबजार युवा क्लबले आयोजना गरेको सेभेन ‘ए’ साइड खुल्ला फुटबल प्रतियोगिता माघ १० गतेबाट शुरु भएको थियो ।

नकआउटको आधारमा भएको प्रतियोगितामा विभिन्न २४ टोलीको सहभागिता रहेको थियो । पहिलो संस्करणमा सिदार्थ युवा क्लब खहरे सुन्दरबजार, दोस्रोमा आदर्श युवा क्लब बेशीशहर र तेस्रोमा नाइन स्टारले उपाधि जितेको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.