3 years ago
February 3, 2023
एजेन्सी – सिरी ‘ए’ प्रतिद्धन्द्धी लाजियोमाथि कठिन जित निकाल्दै युभेन्ट्स कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

युभेन्ट्सले घरेलु मैदानमा लाजियोमाथि १–० को कठिन जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । युभेन्ट्सको जितमा पहिलो हाफमा ग्लेइसन ब्रेमेरले गरेको गोल नै निर्णायक बन्यो । उनले ४४औं मिनेटमा फिलिप कोस्टिकको पासमा गोल गर्न सफल भएका थिए ।
एक गोलले पछि परेको लाजियोले दोस्रो हाफमा घरेलु टोलीलाई दवावमा राखेपनि युभेन्ट्सले आफ्नो अग्रता जोगाउँदै जित निकाल्न सफल भयो । युभेन्ट्सको जितसँगै कोपा इटालियाको सेमिफाइनल समिकरण पूरा भएको छ ।
अब सेमिफाइनलमा युभेन्ट्सले इन्टर मिलानको सामना गर्नेछ । अर्काे सेमिफाइनलमा क्रेमोनेस र फियोरेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ ।
सेमिफाइनल दुई लेगमा हुनेछ । पहिलो लेगका खेलहरु ५ अप्रिलमा तथा दोस्रो लेगका खेलहरु २६ अप्रिलमा हुनेछ । फाइनल २४ मेमा हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]