3 years ago
February 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका भरपर्दा मिडफिल्डर विशाल राई पनि अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

मिडफिल्डर विशाल अष्ट्रेलिया प्रस्थान गरेको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका व्यवस्थापक अनिल श्रेष्ठले सामाजिक सन्जाल फेसबुकबाट जानकारी दिएका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मछिन्द्रका खेलाडीसहितको टोलीले शुक्रबार बिहान बिदाई गरेका छन् । पछिल्लो समय नेपाली फुटबल खेलाडीको गन्तव्य अष्ट्रेलिया बनेको छ । यस वर्ष नै ३० भन्दा बढी खेलाडी अष्ट्रेलियासँगै न्युजिल्याण्ड र दुवई पुगिसकेका छन् ।
२९ वर्षीय विशालले घरेलु लिगमा मछिन्द्र फुटबल क्लबबाट व्यवसायिक खेल खेलिरहेका थिए । उनले मनाङ–मर्स्याङ्दी क्लबबाट पनि लामो समय व्यवसायिक खेल खेले । उनले मछिन्द्रसँगै मनाङबाट लिग जितेका छन् । उनले धनगढी एफसीबाट नेपाल सुपर लिग खेलेका थिए ।

उमेर समूह यू–१४, यू–१६ र यू–१९ हुँदै विशालले सन् २०१५ अगस्ट ३१ मा भारतसँगको मैत्रीपूर्ण खेलबाट नेपालको सिनियर टोलीमा डेब्यु गरेका थिए । त्यसयता उनले नेपालको लागि ३३ खेलमा ५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]