default_image

2 years ago

February 3, 2023

युइएफए असिस्ट यू–१७ च्याम्पियनसिपलाई खेलाडी छनाेट

204 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले युइएफए असिस्ट यू–१७ महिला च्याम्पियनसिप २०२३ का लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

बंगलादेशमा आयोजना हुने च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक भगवती राना मगरले शुक्रबार २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेकी हुन् । यू–१७ टोलीका लागि एन्फाले पाँच दिनसम्म एन्फा कम्प्लेक्समै खुल्ला छनोट गरेको थियो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले युइएफए असिस्ट कार्यक्रमअन्तर्गत हुन लागेको च्याम्पियनसिप मार्च २० देखि ३१ सम्म बंगलादेशको ढाकामा हुँदैछ । भगवतीकै प्रशिक्षणमा नेपालको यू–१५ महिला टोलीले बंगलादेशमा भएको साफ यू–१५ च्याम्पियनसिपको ऐतिहासिक उपाधि जितेको थियो ।

प्रारम्भिक टोली
गोलकिपर – सुजाता तामाङ (चितवन), राधिका ओली (दाङ), पुष्पा रोकाया (कैलाली) र करुणा बुढाथोकी (बारा)
डिफेन्डर – अमिता भुल (कैलाली), माया मास्के (स्याङ्जा), झुमा विश्वकर्मा (मोरङ), विपना स्नेही (कैलाली), सीता रोकाया (कैलाली), लिला चन्द (कैलाली), अञ्जना पुन मगर (दाङ), प्रेना डोल्मा लामा (सर्लाली), दिपा मगर (उदयपुर), सिमरन राई (झापा), रेणु लिम्बु चाबेगु (झापा)
मिडफिल्डर – रुपा लिम्बु (मोरङ), दिलमाया घिसिङ (बारा), भावना परियार (स्याङ्जा), विकल्प कुमारी चौधरी (कैलाली), सुमी हाङ्मा राई (सप्तरी), सुक्रिया मिया (स्याङ्जा), काजल स्याङ्तान (रौतहट), सुशीला केसी (चितवन) र पुनम चेम्जोङ (पाँचथर)
फरवार्ड – सेनु परियार (नवलपुर), दीपा रोकाया (कैलाली), वर्षा ओली (कैलाली) र कविता गुरुङ (रौतहट)

November 8, 2024

एमबाप्पे फ्रान्सको टोली बाहिर

एजेन्सी – फ्रान्सका स्टार स्ट्राईकर केलियन एमबाप्पे फेरि फ्रान्सको टोलीबाट बाहिरिएका छन् । बिहीबार प्रशिक्षक डिडिएर डेसच्याम्प्सले नेसन्स लिगमा इजरायल र इटालीविरुद्धको खेलका लागि खेलाडीको सूची सार्वजनिक गरेका थिए । तर, उक्त सुचीमा एमबाप्पे भने अटाएका छैनन् । यसअघि पनि एमबाप्पे चोटका कारण टोलीबाट बाहिर रहेका थिए । यस पटक भने एमबाप्पे घाइते नभएको उनी […]

November 8, 2024

युरोपा लिग – युनाइटेडको पहिलो जित

एजेन्सी – इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा पहिलो जित हात पारेको छ । युनाइटेडले ग्रीक फुटबल क्लब पाओकेलाई २–० ले पराजित गर्दै लिगमा पहिलो जित हात पारेको हो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन दुवै गोल अमाद डायलोले गरे । डायलोले ५०औं र ७०औं मिनेटमा टोलीको लागि गोल गरे । घरेलु मैदानमा […]

November 7, 2024

आर्सनल र पिएसजीको हार

एजेन्सी – च्याम्यिनस लिगमा इंग्लिस क्लब आर्सनल र फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी ) पराजित भएका छन् । आर्सनल बुधवार इटालियन क्लब इन्टर मिलानसँग खेल १-० ले गुमाएको हो । योसँगै जारी सिजनको च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रा टुंगिएको छ । सान सिरोमा पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा हाकान काल्हानोग्लुको पेनाल्टी गोलमा इन्टरले […]

Success

Thank you for your time.