3 years ago
February 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि दोस्रो चरणमा ३३ खेलाडी छनोट गरेको छ ।

टोलीमा मुख्य प्रशिक्षक अनन्त राज थापाले प्रारम्भिक चरणमा रहेका ४३ खेलाडीबाट १० खेलाडी कटौती गर्दै दोस्रो चरणका लागि ३३ खेलाडी छनोट गरेका हुन् ।
प्रारम्भिक चरणबाट कविता विक, कविता धिमाल, खुस्मा राई, मनिका कुसवार, सुनिता चौधरी, सिर्जना सिंह ठकुरी, हेमा चौधरी, मेनुका आले मगर, कुसुम खतिवडा, सन्जु कुमाल र अनुष्का शेर्पा बाहिरिएका छन् । पहिलो चरणको छनोटमा नाम नभएपनि रजनी ठोकर दोस्रो छनोटमा समावेश भएकी छिन् ।
मैत्रीपूर्ण खेलको तयारीका लागि राष्ट्रिय टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण गरिरहेको छ । टोलीको मुख्य प्रशिक्षकमा अनन्त राज थापा, सहायक प्रशिक्षकमा गंगा गुरुङ, गोलकिपिङ प्रशिक्षकमा सुरज कुमार लामा र व्यवस्थापकमा ब्रिन्दा देवान छिन् ।

नेपालले फागुन १ देखि १३ गते सम्म भारतको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ।
दोस्रो चरणको टोली
गोलरक्षक – एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ, सपना राई,
डिफेन्डर – हिरा कुमारी भुजेल, घिम कुमारी गुरुङ, गंगा गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक, समिक्षा घिमिरे, अन्जली वाइबा र सिर्जना चेम्जोङ,
मिडफिल्डर – विमला चौधरी, मन्जली कुमारी योन्जन, सविता राना मगर, सरु लिम्बु, सरस्वती हमाल, दिपा शाही, रेनुका नगरकोटे, सरस्वती ऐर, अनिता बस्नेत, दिपा न्यौपाने र अनिता केसी,
फरवार्ड – अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, रजनी थोकर, निर्मला विक, चन्द्र भण्डारी र प्रिती राई
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]