3 years ago
February 4, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सी घरेलु मैदानमा फुलहमसँग बराबरीमा रोकिएको छ । चेल्सी फुलहमसँग गोलरहित बराबरीमा रोकिएको हो ।

स्टामफोर्ड ब्रिजमा शुक्रबार राति भएको खेलमा चेल्सीले इंग्ल्यान्डको कीर्तिमानी मुल्यमा क्लबमा अनुबन्ध गरेको अर्जेन्टिनी युवा मिडफिल्डर एन्जो फर्नान्डेजलाई पहिलो रोजाईमा खेलाएपनि टोलीले सफलता हात पार्न सकेन । एन्जोले चेल्सीमा आफ्नो पहिलो खेलमै प्रभावकारी प्रदर्शन गरेपनि जितको स्वाद चाख्न पाएनन् ।
२०औं मिनेटमा थियागो सिल्भाको पासमा काई हाभर्टजको प्रहारलाई फुलहमका गोलरक्षक बर्न लेनोले विफल पारे । २५औं मिनेटमा फुलहमका एन्ड्रिएस पेरेइराको प्रहारलाई चेल्सीका गोलरक्षक किपा एरिजावालागाले विफल पारे ।
३०औं मिनेटमा एन्जोको पासमा मासन माउन्टको क्रस टिम रिमलाई डिफ्लेक्ट हुँदै गएको बललाई काई हाभर्टजले भेट्न सकेन । ४४औं मिनेटमा हाभर्टज नै चुके । ७२औं मिनेटमा एन्जोले सुवर्ण अवसर खेर फाले ।
८०औं मिनेटमा कोनोर गल्लाघेरको प्रहारलाई टिम रिमले गोललाईनबाट बचाउँदै चेल्सीको अग्रता टारिदिए । पाहुना टोलीमाथि ६७ प्रतिशत बल पोसेसन राखेपनि फिनिसिङ गर्न नसक्दा खेल बराबरीमा सकियो ।
यस बराबरीसँगै चेल्सी २१ खेलबाट ३० अंक जोडेर नवौं स्थानमा रहेको छ । फुलहम २२ खेलबाट ३२ अंक जोडेर छैटौं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]