3 years ago
February 4, 2023
एजेन्सी – ब्राजिली मिडफिल्डर क्यासमिरोले रातो कार्ड खाएको खेलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ ।

युनाइटेडले घरेलु मैदानमा क्रिस्टल प्यालेसलाई २–१ ले पराजित गरेको हो । युनाइटेडको जितमा ब्रुनो फर्नान्डेस र मार्कस रासफर्डले गोल गरे । क्रिस्टल प्यालेसका जेफ्रेले एक गोल फर्काए ।
ओल्ड ट्राफोर्डमा शनिबार राति भएको खेलको सातौं मिनेटमा नै ब्रुनो फर्नान्डेसको पेनाल्टी गोलबाट युनाइटेडले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो ।
मार्कस रासफर्डले गरेको क्रसलाई क्लियर गर्ने क्रममा विल ह्युगले हातले बल छुन पुगेपछि रेफ्रीले भिएआरको सहायता लिदै युनाइटेडलाई पेनाल्टी प्रदान गर्द ब्रुनो चुकेनन् ।
६३औं मिनेटमा रासफर्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । उनले लुका साको पासमा गोल गर्न सफल भएका थिए । ७०औं मिनेटमा युनाइटेड १० खेलाडीमा समेटिन पुग्यो । ह्युगले प्रहार गर्ने क्रममा क्यासमिरोले अनावश्यक फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै उनलाई मैदान बाहिर पठाए ।
७६औं मिनेटमा जेफ्रेले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । उनले चेक ओमर डोउकाउरेको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड विजयी हुन सफल भयो ।
यस जितसँगै युनाइटेड २१ खेलबाट ४२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित क्रिस्टल प्यालेस २१ खेलबाट २४ अंक जोडेर १२औं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]