3 years ago
February 4, 2023
एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले यो सिजन खराव प्रदर्शनलाई निरन्तरता दिने क्रममा वल्भ्ससँग लज्जास्पद हार बेहोरेको छ । लिभरपुल घरेलु टोली वल्भ्ससँग ३–० ले स्तब्ध बनेको हो ।

लिभरपुललाई स्तब्ध पार्न वल्भ्सका क्रेइग डसन र रुवेन नेभेसले गोल गर्दा एक गोल उपहार पाएको थियो । मोलिनेअक्स स्टेडियम वल्भ्समा लिभरपुल पहिलो हाफमै दुई गोलले पछि पर्दा दोस्रो हाफमा थप एक गोल खाँदै पराजित हुन पुग्यो ।
खेलको पाँचौ मिनेटमा नै जोएल मटिपको आत्मघाती गोलबाट लिभरपुल खेलमा पछि परेको थियो । ही चान ह्वाङले रगेको क्रस मटिपलाई लाग्दै गोलमा परिणत भएको थियो । १२औं मिनेटमा क्रेइग डसनले गोल गर्दै वल्भ्सको अग्रता दोब्बर पारे ।
त्यसपछि ७१औं मिनेटमा रुवेन नेभेसले गोल गर्दै लिभरपुलाई ३–० ले स्तब्ध पारे । लिभरपुलले खेलमा फर्कने प्रयास गरेपनि वल्भ्सको बलियो रक्षापङ्ति तोड्न नसक्दा यो सिजन प्रिमियर लिगमा सातौं हार बेहोर्न पुग्यो ।
यस जितसँगै वल्भ्स २१ खेलबाट २० अंक जोडेर १५औं स्थानमा उक्लिएको छ । पराजित लिभरपुल २९ अंक जोडेर १०औं स्थानमा छ ।
अन्य नजिता
एभर्टनविरुद्ध आर्सनल (१–०)
एस्टन भिल्लाविरुद्ध लेस्टर सिटी (२–४)
ब्रेन्टफर्डविरुद्ध साउथह्याम्टन (३–०)
ब्राइटनविरुद्ध बर्नमाउथ (१–०)
म्यानचेस्टर युनाइटेडविरुद्ध क्रिस्टल प्यालेस (२–१)
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]