default_image

3 years ago

February 5, 2023

थ्री स्टारका डोना फ्रेन्ड्समा अनुबन्धित

333 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको थ्री स्टार क्लब छाड्दै मिडफिल्डर डोना थापा ललितपुरकै अर्काे क्लब फ्रेन्ड्समा अनुबन्ध भएको छ ।

फ्रेन्ड्सले डोनालाई सामाजिक सन्जालबाट यस सिजनको लागि अनुबन्ध गरेको जनाएको छ । डोना यो सिजन फ्रेन्ड्समा अनुबन्ध हुने चौथो खेलाडी हो । यसअघि फ्रेन्ड्सले विशाल सुनार, राजेश परियार र रुपेश केसीलाई अनुबन्ध गरिसकेको छ ।

डोनाले गत सिजन लिगमा थ्री स्टारबाट खेल्दै १ गोल गरेका थिए । एन्फा एकेडेमीको उत्पादन डोनाले राष्ट्रिय टोलीको उमेर समूहबाट खेलेपनि सिनियर टोलीबाट डेब्यु गर्न पाएका छैनन् ।

डोनाले २०७५ को लिग मनाङ मर्स्याङ्दी क्लबबाट खेलेका थिए । डोनाले नेपालका लागि उमेर समूहमा यू–१९ साफ च्याम्पियनसिप पनि जितेका छन् । यसबाहेक उनी यू–२३ उमेर समुहसम्म पनि खेलिसकेका छन् ।

यो सिजनको लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । १४ टोलीले डबल राउन्ड रोविनको आधारमा २५ जेठसम्म प्रतिस्पर्धा गर्नेछ । फ्रेन्ड्सले नवप्रवेशी एफसी खुमलटारसँग खेल्दै नयाँ सिजनको सुरुआत गर्नेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.