default_image

3 years ago

February 6, 2023

बार्सिलोनाको ८ अंकको स्पष्ट अग्रता

280 views

0 Bookmark

एजेन्सी – शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा ८ अंकको स्पष्ट अग्रता लिन सफल भएको छ ।

आइतबार राति घरेलु मैदानमा सेभियालाई ३–० ले पराजित गर्दै बार्सिलोनाले रियल म्याड्रिडलाई ८ अंकले पछि पार्दै उपाधि यात्रालाई थप मजवुत बनाएको हो । घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाको जितमा जोर्डी अल्वा, पाब्लो गाभी र राफिन्हाले गोल गरे । सबै तीन गोल नै दोस्रो हाफमा भएको थियो ।

खेलको सुरुवातदेखि नै पाहुना टोली सेभियालाई दवावमा राखेको बार्सिलोनाले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ५८औं मिनेटमा जोर्डी अल्वाले फ्रान्क केसीको पासमा गोल गर्दै बार्सिलोनाको गोलको खाता खोले ।

७०औं मिनेटमा पाब्ला गाभीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । उनले राफिन्हाको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि ७९औं मिनेटमा राफिन्हाले अल्वाको पासमा गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाए ।

यस जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाको २० खेलबाट ५३ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ४५ अंक छ ।

आइतबार राति नै रियलले रियल मलोर्कासँग १–० को अप्रत्यासित हार बेहोरेपछि अंक दुरी छोट्याउने अवसर गुमाएको थियो । पराजित सेभिया २१ अंक जोडेर १६औं स्थानमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.