default_image

10 months ago

February 6, 2023

केनको गोलमा म्यानचेस्टर सिटीको हार

एजेन्सी – फरवार्ड ह्यारी केनको निर्णायक गोलमा टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । टोटेनहमले घरेलु मैदानमा सिटीमाथि १–० को जित निकालेको हो । टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलको १५औं मिनेटमा केनको गोलबाट टोटेनहमले अग्रता लिएको थियो । उनले पिएर इमिल होज्वजर्गको पासमा गोल गर्न सफल भएका थिए । […]

47 views

0 Bookmark

एजेन्सी – फरवार्ड ह्यारी केनको निर्णायक गोलमा टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।

टोटेनहमले घरेलु मैदानमा सिटीमाथि १–० को जित निकालेको हो । टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलको १५औं मिनेटमा केनको गोलबाट टोटेनहमले अग्रता लिएको थियो । उनले पिएर इमिल होज्वजर्गको पासमा गोल गर्न सफल भएका थिए ।

एक गोलले पछि परेको सिटीले त्यसपछि घरेलु टोलीमाथि लगातार दवाव सिर्जना गरेपनि टोलीको रक्षापङ्ति तोड्न सकेन । यता, टोटेनहमले भने आफ्नो अग्रता जोगाउँदै महत्वपूर्ण ३ अंक जोड्न सफल भयो ।

यस जितसँगै पाँचौं स्थानमा रहेको टोटेनहमको २२ खेलबाट ३९ अंक पुगेको छ । पराजित सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी छोट्याउने अवसर गुमाएको छ । सिटीको २२ खेलबाट ४५ अंक रहेको छ । एक खेल कम खेलेको आर्सनको ५० अंक छ । आर्सनल अझै ५ अंकले अघि छ ।

प्रिमियर लिगकै अर्काे खेलमा नटिङहम फरेस्टले लिड्स युनाइटेडलाई १–० ले पराजित गरेको छ । नटिङहमको जितमा ब्रेननान जोन्सनले १४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

यस जितसँगै नटिङहम २० खेलबाट २४ अंक जोडेर १३औं स्थानमा उक्लिएको छ । पराजित लिड्स १८ अंक जोडेर १७औं स्थानमा छ ।

November 30, 2023

ओलावालेको इन्ज्युरी समय गोलमा धनगढी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ओलावाले अफिजले इन्ज्युरी समयमा गोल गर्दा नेपाल सुपर लिग २ अन्तर्गत विहीबार धनगढी फुटबल क्लबले बुटवल लुम्बिनी फुटबल क्लबलाई पराजित गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्ने पर्याप्त अवसर पाएपनि सदुपयोग गर्न सकेका थिएनन् । इन्ज्युरी समयमा ओलावालेले अफसाइड ट्रयाप बिट गर्दै गोलरक्षकको खुट्टा […]

November 30, 2023

फिफा वरियतामा नेपाल खस्कियो

काठमाडौं (हाम्रो खेलकुद) – फिफाले सार्वजनिक गरेको पुरुष फुटबलको विश्व वरीयतामा नेपाल दुई स्थान तल झरेको छ । विहीबार सार्वजनिक भएको वरीयता अनुसार नेपाल १७५औं स्थानमा छ । यसअघि नेपाल १७३औं स्थानमा रहेको थियो। नेपालको १५.७७ वरीयता अंक घटेर ९४८.०५ भएको छ । विश्वकप छनोटको दोस्रो चरणका खेलमा युएई र यमन विरुद्ध पराजय भोगेका कारण […]

November 30, 2023

बुटवल र धनगढी पहिलो हाफमा गोलरहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत विहीबार भइरहेको धनगढी फुटबल क्लब र बुटवल लुम्बिनी फुटबल क्लबबीच खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । सुरुवाती २० मिनेटमा आशिष चौधरीले बुटवलको डिफेन्सलाई पटक पटक समस्या दिए । राइट ब्याक सरोज तामाङले सातौं मिनेटमा नै पहेंलो कार्ड खाएपछि आशिषले उनीविरुद्ध दबाब कायम गर्न सहज […]

Success

Thank you for your time.