2 years ago
February 6, 2023
एजेन्सी – वल्फ्सवर्गलाई पराजित गर्दै बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा उक्लिएको छ । १० खेलाडीमा समेटिएको बायर्नले घरेलु टोली वल्फ्सवर्गलाई ४–२ ले पराजित गर्दै युनियन बर्लिनलाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो ।
बायर्नको जितमा किङ्सले कोमानले दुई तथा थोमस मुलर जमल मुसिएलाले समान एक गोल गरे । घरेलु टोली वल्फ्सवर्गका जाकुव कामिन्स्की र स्भेनवर्गले गोल फर्काए ।
भोक्सवागेन एरिना वल्फ्सवर्गमा आइतबार राति भएको खेलको नवौं मिनेटमा किङ्सले कोमानको गोलबाट बायर्नले अगता लिन सफल भयो । उनले अलफन्सो डाभिसको पासमा गोल गर्न सफल भए ।
१४औं मिनेटमा कोमानले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । उनले जोआओ क्यान्सेलोको पासमा गोल गर्न सफल भएका थिए ।
१९औं मिनेटमा थोमस मुलरले योसुवा किम्मिखको पासमा गोल गरेपछि बायर्न ३–० ले अघि बढ्यो । ४४औं मिनेटमा जाकुवले गोल गर्दै खेललाई पहिलो हाफमा ३–१ को स्थितिमा ल्याए । ५४औं मिनेटमा बायर्न १० खेलाडीमा समेटिन पुग्यो । योसुवा किम्मिख दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।
७४औं मिनेटमा जमल मुसिएलाले बेन्जामिन पाभार्डको पासमा गोल गर्दै बायर्नलाई जिततर्फ अघि बढाए । त्यसपछि ८१औं मिनेटमा म्याटिएस स्भेनवर्गले गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याएपनि बायर्न विजयी हुन सफल भयो ।
यस जितसँगै शीर्षस्थानमा उक्लिएको बायर्नको १० खेलबाट ४० अंक पुगेको छ । समान खेलबाटै युनियन बर्लिनको ३९ अंक छ । पराजित वल्फ्सवर्ग २९ अंक जोडेर सातौं स्थानमा छ ।
May 20, 2025
एजेन्सी – च्याम्पियन लिभरपुल इंग्लिस प्रिमियर लिगमा सोमवार पराजित भएको छ। लिभरपुलले दुई पटक अग्रता लिए पनि ब्राइटनले सानदार पुनरागमन गर्दै ३-२ ले खेल जित्यो । परिवर्तित ज्याक हिन्सेलवुडले ८५ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । उनले मैदान छिरेको केही क्षणमै म्याट ओ’राइलीको क्रसमा हेडरमार्फत गोल गरेका हुन् । सुरुमा अफसाइडको निर्णय भए […]
May 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा सरस्वती युथ क्लबलाई २-० ले हराउँदै श्री कुमारी क्लब बी डिभिजनमा यथावत रहने निश्चित भएको छ। श्री कुमारीलाई रेलिगेसनबाट जोगिन ३ अंक आवश्यक थियो। सोही अनुरूप आज एन्फा कम्प्लेक्समा सरस्वती क्लब विरूद्ध टोलीले जित दर्ज गर्यो। खेलको ४४ औं मिनेटमा यमन महर्जनले गोल गरे। पहिलो हाफमा श्री […]
May 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सहिद स्मारक बी डिभिजन लिगमा रेलिगेसन हुनबाट जोगिएको छ। च्यासल युथ क्लबलाई सोमवार ४-१ ले पराजित गरेसँगै बिबिसीको रेलिगेसन खतरा टरेको हो । बिबिसीको जितमा मुकुन्द कुमार न्युरेले ह्याट्रिक गरे। एन्फा कम्प्लेक्समा भएको खेलको नवौं मिनेटमा रोमन श्रेष्ठको गोलमा बिबिसीले अग्रता बनायो। तर यो अग्रता १३ औं मिनेटमा […]