default_image

3 years ago

February 7, 2023

लिड्सका प्रशिक्षक मार्स बर्खास्त

269 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब लिड्स युनाइटेडले आफ्ना मुख्य प्रशिक्षक जेसी मार्सलाई बर्खास्त गरेको छ ।आइतबार राति नटिङहम फरेस्टसँग १–० ले पराजित भएको भोलिपल्ट लिड्सले आफ्नो मुख्य प्रशिक्षक मार्सलाई बर्खास्त गरेका हुन् ।

उनी १ वर्षभन्दा कम समयमा बर्खास्तीमा परेका हुन् । मार्ससँगै प्रशिक्षक रेने मारिक, क्यामरुन टोशाक र पियरे ब्यारिउलाई पनि बर्खास्त गरिएको छ ।

गत सिजन पनि रेलिगेसनबाट मुस्किलले बचेको लिड्सले यो सिजन प्रिमियर लिगको पछिल्लो ७ खेलमा जित निकाल्न सकेको छैन । लिड्स अहिले पनि गोल भिन्नतामा रेलिगेसन जोनभन्दा एक स्थान माथि छ । लिड्सले पछिल्लोपटक ५ नोभेम्वर २०२२ मा बर्नमाउथलाई ४–३ ले पराजित गरेयता जित निकाल्न सकेको छैन । जसमा ३ बराबरी र ४ हारको नतिजा छ ।

४९ वर्षीय अमेरिकी मार्सले गत वर्षको फेब्रुअरीमा मार्सेलो बिएल्साको उत्तराधिकारी बनेका थिए । उनले त्यसबेला टोलीलाई १७औं स्थानमा राख्दै रेलिगेसन टारेको थियो ।

‘हामी जेसी र उनको स्टाफलाई प्रयासको लागि धन्यवाद दिन चाहन्छौं र भविष्यको लागि राम्रो कामना गर्दछौं । नयाँ मुख्य प्रशिक्षक नियुक्तिको प्रक्रिया चलिरहेको छ र हामी आगामी दिनहरूमा समर्थकहरूलाई अद्यावधिक राख्न जारी राख्नेछौं ।’ क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लिड्सले बुधवार ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेड र आइतवार फेरि एलान्ड रोडमा खेल्नेछ । गत हप्ता मात्र मार्सको सहायकको रूपमा नियुक्त भएका प्रशिक्षक माइकल स्कुबाला, पाको ग्यालार्डो र क्रिस आर्मासले म्यानचेस्टरमा बुधबार हुने खेलको लागि टोलीको जिम्मेवारी सम्हाल्नेछन् ।

आरबी लाइपजिग, न्युयोर्क रेडबुस र रेडबुल साल्जबर्गका पूर्व प्रशिक्षक मार्शको प्रशिक्षणमा लिड्सले यस सिजनमा २० लिग खेलहरूमध्ये चार मात्र जितेको । ६ बराबरी र १० हारको नतिजा छ । गत सिजनको अन्तिम दिन ब्रेन्टफोर्डलाई २–१ ले पराजित गरेपछ लिड्स रेलिगेसनबाट बचेको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.