3 years ago
February 7, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली टोली बंगलादेशमा जारी साफ यू २० महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । राउन्ड रोविनको आफ्नो अन्तिम खेलमा मंगलबार भारतमाथि ३–१ को सानदार जित निकाल्दै नेपाल फाइनलमा पुग्न सफल भएको हो ।

ढाकास्थित वीर श्रेष्ठ सहिद मुस्तफा स्टेडियममा १–० ले पछि परेको खेल उल्टाउँदै नेपालले अन्तिम दुईको यात्रा तय गरेको हो । फाइनल पुग्ने अर्को टोलीको टुंगो आजै हुने राउन्ड रोविनको अन्तिम खेलबाट लाग्नेछ । जसमा आयोजक बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।
भारतका लागि २१ औं मिनेटमा अपूर्णा नार्जरीले गोल गर्दै अग्रता दिलाएकी थिइन् । ४८ औं मिनेटमा अन्जली चन्दले नेपालका लागि बराबरी गोल गरेकी थिइन् । कप्तान प्रिति राईले ६९ औं मिनेटमा गोल गरेपछि नेपाल २–१ ले अगाडि लागेको थियो । ८९ औं मिनेटमा अमिशा कार्कीले गोल गर्दै नेपालको जित पक्का गरेकी थिइन् । प्रतियोगितामा अमिशाको ४ र प्रितीको २ गोल पुगेको छ । अमिशाले भुटानविरुद्ध ह्याट्रिक गर्दा अर्को गोल प्रितिले गरेकी थिइन् ।
आज भुटानलाई हराए वा बराबरमिा रोकिएपनि बंगलादेश अन्तिम दुईमा पुग्नेछ । बंगलादेश पराजित भएको खण्डमा भने भारत अन्तिम दुईमा पुग्नेछ । ३ खेलपछि नेपालको ६ अंक पुगेको छ । भारत र एक खेल कम खेलेको बंगलादेशको समान ४ अंक छ । भुटान अंक विहिन छ ।
नेपालले ३ खेलमा दुई जित र एक खेलमा हार बेहोरेको छ । भारतले ३ खेलमा १ जित, १ बराबर र १ खेलमा हार बेहोरेको छ । बंगलादेशले २ खेलमा १ जित र १ बराबरी खेलेको छ । भुटानले दुवै खेल गुमाएको थियो । पहिलो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो । भुटानलाई पहिलो खेलमा १२–० ले हराउको भारत बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]