default_image

10 months ago

February 8, 2023

अर्जेन्टिनासहित चार राष्ट्रकाे विश्वकप आयोजनामा संयुक्त दावी

एजेन्सी – दक्षिण अमेरिकाको चार राष्ट्र विश्व च्याम्पियन अर्जेन्टिनासहित चिली, पाराग्वे र उरुग्वेले सन् २०३० विश्वकप आयोजना गर्न आधिकारिक रूपमा आफ्नो संयुक्त प्रस्ताव पेश गरेका छन् । चार दक्षिण अमेरिकी राष्ट्रहरूले विश्वकपलाई ‘फुटबलको जन्म भएको ठाउँमा’ फर्कन आह्वान गरेका छन् । सन् १९३० मा उरुग्वेमा पहिलोपटक विश्वकपको आयोजना भएको थियो । सन् २०३० मा विश्वकप […]

81 views

0 Bookmark

एजेन्सी – दक्षिण अमेरिकाको चार राष्ट्र विश्व च्याम्पियन अर्जेन्टिनासहित चिली, पाराग्वे र उरुग्वेले सन् २०३० विश्वकप आयोजना गर्न आधिकारिक रूपमा आफ्नो संयुक्त प्रस्ताव पेश गरेका छन् ।

चार दक्षिण अमेरिकी राष्ट्रहरूले विश्वकपलाई ‘फुटबलको जन्म भएको ठाउँमा’ फर्कन आह्वान गरेका छन् । सन् १९३० मा उरुग्वेमा पहिलोपटक विश्वकपको आयोजना भएको थियो ।

सन् २०३० मा विश्वकप आयोजना भएको १ सय वर्ष पूरा हुनेछ । अब यि चार राष्ट्रले स्पेन र पोर्चुगलसँगै र मोरक्को र साउदी अरबको सम्भापवत संयुक्त प्रस्तावसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुँदैछ ।

‘सन् २०३० को विश्वकप अर्को विश्वकप मात्र होइन, यो १ सय वर्षको लागि मान्यताको साथ उत्सवको योग्य छ ।’ दक्षिण अमेरिकी फुटबल संघ (कन्मेवल) का अध्यक्ष अलेजान्ड्रो डोमिन्गुएजले भने, ‘हामी विश्वस्त छौं कि हामी भन्दा पहिले आएका र महानतामा विश्वास गर्ने र पहिलो विश्वकप बनाउनेहरूको सम्झनालाई सम्मान गर्न फिफाको दायित्व छ ।’

दुई पटकको विजेता उरुग्वेले सन् १९३० मा पहिलोपटक विश्वकपको आयोजना गर्दै आयोजकका रूपमा जितेको थियो । सन् १९७८ को आयोजक अर्जेन्टिनाले २०२२ मा कतारमा तेस्रो पटक विश्व च्याम्पियनको उपाधि जितेको थियो । यसअघि सन् १९६२ मा चिलीले पनि आयोजना गरेको थियो।

अर्जेन्टिना फुटबल संघ (एएफए) का अध्यक्ष क्लाउडियो तापियाले विश्व च्याम्पियनको रूपमा दक्षिण अमेरिकामा अब विश्वकप आयोजना हुनुपर्ने सबै दक्षिण मेरिकीहरूको सपना रहेको बताएका छन् । ‘यो विश्वकप आयोजना भएको १ सय वर्ष पूरा भएको अवसरमा मात्र होइन । हामी फुटबलकै कारण यहाँ छौं । हाम्रो निरन्तर दावी रहनेछ ।’ अध्यक्ष तापियाले भने ।

अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले पनि ट्विटरमा छिमेकी बोलिभियालाई पनि चार राष्ट्रको यो प्रस्तावमा सामेल हुन आग्रह गर्ने बताएका छन् ।

December 8, 2023

संकटमा सेगुराको झापा!

सुबास हुमागाईं, काठमाडौं स्पेनिस प्रशिक्षक ओरिओल मोहेदानो सेगुराले नेपाल सुपर लिग सुरु हुने अघिल्लो दिन झापा फुटबल क्लबले प्रतियोगितामा व्यवस्थित फुटबल खेल्ने बताएका थिए । स्पेनकै दुई खेलाडीसहित नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिन्धित्व गरेका आधार दर्जन खेलाडी बोकेको झापा लिगको मध्यान्तरमा आइपुग्दा नै संकटमा परेको छ । लिगको ४ खेल सकिँदा जितविहिन रहेको झापाको संकट मैदानभित्र […]

December 8, 2023

सेथुको बराबरीमा एन्जिला प्लेयर अफ द म्याच

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय महिला लिग २०२३-२४ को उद्घाटन खेलमा गोकुलम केरला एफसीसँगको सेथु एफसीको गोलरहित बराबरीमा नेपाली राष्ट्रिय टोलीकी एन्जिला तुम्बापो सुब्बाले प्लेयर अफ द म्याचको प्रदर्शन गरेकी छन् । सेथुसँग लगातार दोस्रो सिजन भारतीय महिला लिगमा खेलिरहेकी एन्जिलाले आज साविक विजेता विरुद्ध क्लिन सिट राखेकी हुन् । नेपाल राष्ट्रिय टिमकी डिफेन्डर गीता राना […]

December 8, 2023

सलहेश, सावित्रा, साम्बा र अर्को साम्बा

सन्जोग चाम्लिङ प्रिय पाठक, यदि तपाईं लोक सेवा आयोगको परीक्षाको तयारी गर्दै हुनु हुन्छ भने एउटा सम्भावित प्रश्न तपाईंको लागि निम्नानुसार छ । प्रश्न – युरोपको व्यवसायिक फुटबल लिग खेल्ने पहिलो नेपाली खेलाडी को हुन् ? उत्तर – सावित्रा भण्डारी । पितृ सत्ताले आक्रान्त भएको हाम्रो समाजमा सावित्रा भण्डारीको चर्चा र सम्मान जति हुनु पर्ने […]

Success

Thank you for your time.