default_image

3 years ago

February 9, 2023

साफ यू २० फाइनल – बंगलादेशको सामना गर्दै नेपाल

338 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले बंगलादेशमा जारी साफ यू २० महिला च्याम्पियनसिपको उपाधिका लागि आज (बिहीबार) आयोजक टोलीको सामना गर्दैछ । वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमाल स्टेडियममा खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ ।

राउन्ड रोविनका आधारमा भएको च्याम्पियनसिपमा शीर्ष २ टोलीबीच फाइनल हुन लागेको हो । अंकतालिकाको तेस्रो स्थानमा रहेको साविक विजेता भारत (यू १८) र पुछारमा रहँदै भुटान च्याम्पियनसिपबाट बाहिरिसकेका छन् ।

बंगलादेश अपराजित रहँदै फाइनलमा पुगेको हो भने नेपालले ३ मध्ये २ खेलमा जित र १ खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा नै नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । त्यसपछिका खेलमा नेपालले भुटानलाई ४–० र भारतलाई ३–१ ले हराएको थियो । भारतसँग गोलरहित बराबर खेलेको बंगलादेशले भुटानमाथि ५–० को जित निकालेको थियो ।

बंगलादेशले पछिल्लो समय फुटबलमा उच्च प्रदर्शन गरिएको छ । झण्डै ६ महिना अघि काठमाडौंको दशरथ रंगशालामा भएको सिनियर साफ महिला च्याम्पिनसिपमा नेपाललाई हराउँदै बंगलादेश पहिलो पटक च्याम्पियन बनेको थियो । उमेर समूहमा भने महिला च्याम्पियनसिप यसपटक यू २० को भइरहेको छ । यसअघि यू १९ र पहिलो र तेस्रो संस्करण यू १८ को भएको थियो ।

सन् २०१८ मा भुटानमा भएको पहिलो संस्करणमा फाइनल पुगेको नेपाल त्यति बेला पनि बंगलादेशसँग १–० ले पराजित भएको थियो । दुई वर्षअघि बंगलादेशमा भएको राउन्ड रोविनका आधारमा भएको यू १९ च्याम्पियनसिपमा नेपाल तेस्रो भएको थियो । गत वर्ष यू १८ का रुपमा च्याम्पियनसिप हुँदा पनि नेपाल तेस्रो भएको थियो ।

जारी च्याम्पियनसिपमा नेपाली टोलीकी अमिशा कार्कीले सर्वाधिक ४ गोल गरेकी छिन् । भुटानविरुद्ध ह्याट्रिक गरेकी उनले भारतविरुद्ध एक गोल गरेकी थिइन् । कप्तान प्रिती राईले पनि भुटान र भारतविरुद्ध समान १ गोल गरेकी थिइन् । अलग अलग उमेर समूह (यू १८,१९ र २०) को यो च्याम्पिनसिप जितेमा नेपालको पहिलो र बंगलादेशको भने तेस्रो उपाधि हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.