default_image

3 years ago

February 9, 2023

बकैया गाउँपालिका स्तरीय फुटबल – वडा नं ३ र ७ फाइनलमा

229 views

0 Bookmark

दिक्षान्स खड्का, हेटौंडा

वडा नम्बर ३ र ७ मकवानपुरको बकैया गाउँपालिकामा जारी चौंथो गाउँपालिकास्तरिय फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । बिहीबार भएको पहिलो सेमिफाइनल वडा नम्बर ३ ले वडा नम्बर ६ लाई ४–० र वडा नं.७ ले वडा नं. ८ लाई २–१ ले हराउँदै एकअर्कासँगको फाइनल भेट पक्का गरेका थिए ।

साविक विजेता समेत रहेको वडा नं ३ लाई जित दिलाउन आयुष नेगीले १, कप्तान छेवाङ लामा र रोमन घलानले समान १ गोल गरे । म्यान अफ दी म्याच विजयी टोलीका आयुषले १ हजार ५ सय रुपैयाँ प्राप्त गरे । वडा नं. ७ का लागि समीर राई र विकास लोप्चनले समान १ गोल गरे । पराजित टोलीका लागि विशाल घलानले गोल गरे । पराजित टोलीका विशाल म्यान अफ दी म्याच घोषित भए र उनले १ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

फाइनल शुक्रबार हुनेछ । वडा नं ३ सबै संस्करणको फाइनल पुगेपछि सुरुवाती दुई संस्करणमा उपविजेता बनेको थियो । फाइनल अघि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल हुने प्रतियोगिताका संयोजक विजय लामा थिङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ५० हजार र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा विद्यागत उत्कृष्ट हुने खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.