3 years ago
February 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विंगर मन्जली कुमार योन्जनलाई बाहिर राख्दै अर्को साता भारतविरुद्ध हुने दुई मैत्रीपूर्ण खेल खेल्ने नेपाली महिला राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । प्रशिक्षक अनन्त थापाले अनुभवी खेलाडी समेट्दै २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

चोटका कारण साफ महिला च्याम्पियनसिप गुमाएकी कप्तान रेनुका नगरकोटे टोलीमा फर्कंदा साफको टोलीमा रहेकी मन्जली भने अन्तिम छनोटमा पर्न सकिनन् । प्रशिक्षक थापाले नेपाल पुलिस क्लबका निर्मला विक र घिम कुमारी गुरुङलाई राष्ट्रिय टोलीमा पुनरागमनको अवसर दिएका छन् । युवा खेलाडी सविता रानामगरले पनि टोलीमा पुनरागमन गरेकी छिन् ।
प्रशिक्षक थापाले ३३ सदस्यीय टोलीबाट १० खेलाडीलाई बाहिर राख्दै अन्तिम टोली घोषणा गरेका हुन् । गोलरक्षक सपना राई, डिफेन्डरहरु अन्जली वाइबा, सिर्जना चेम्जोङ र गंगा गुरुङ अन्तिम टोलीमा परेनन् । मन्जलीसँगै मिडफिल्डर दिपा न्यौपाने, सरस्वती ऐर र सरस्वती हमाल अन्तिम टोलीमा नरहँदा फरवार्डद्वय चन्द्रा भण्डारी र रजनी थोकर पनि बाहिरिए ।
नेपालले फेब्रुअरी १५ र १८ तारिखमा चेन्नईमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । भारतविरुद्ध दुई खेल खेल्ने नेपाली टोली १३ तारिख सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

प्रशिक्षक थापाले छोटो समयमा गरिएको तयारीमा सन्तुष्टि व्यक्त गरे । ‘छोटो समय भएपनि हामीले राम्रो तयारी गरेका छौं । युवा र अनुभवी खेलाडीको मिश्रण रहेको छ । साफ च्याम्पियनसिपमा राम्रो प्रदर्शन गरेको टोली हो । त्यसबेला भारतलाई हराएको भएकाले सोहि नतिजा निरन्तरता दिने लक्ष्य छ,’ थापाले भने ।
थापाले साफ यू-२० मा उपविजेता बनेको टोलीका खेलाडी प्रिती राई, अमिषा कार्की र दिपा शाहीलाई टोलीमा समेटेका छन् । यू-२० मा उत्कृष्ट प्रदर्शन गरेका उनीहरुलाई सिनियर टोलीको प्रदर्शनबाट प्रभावित भएर टोलीमा राखिएको उनले बताए । ‘मैले यू-२० टोली प्रस्थान गर्नुअघि पनि युवा खेलाडीलाई प्रशिक्षणमा हेरेको थिएँ । बंगलादेशमा पनि सबै खेल हेरें । त्यसअघि सिनियर साफबाट प्रभावित थिएँ र अहिले टोलीमा प्रतिस्पर्धा गर्न सक्ने देखेको छु,’ उनले थपे ।

फरवार्ड सावित्रा भण्डारी लयमा फर्कनुलाई थापाले सकारात्मक रुपमा हेरेका छन् । ‘हामीलाई सावित्रा लयमा फर्कनु सबैभन्दा राम्रो पक्ष लागेको छ । प्रशिक्षणमा निकै राम्रो गरिरहेकी छिन् । साफमा उनी अस्वस्थ हुनले असर गरेको थियो । उनलाई साथ दिने खेलाडीले पनि राम्रो प्रदर्शन गर्नेमा आशावादी छु,’ उनले भने ।
मिडफिल्डर मन्जली टोलीमा नपर्नुको कारण भने उनले आन्तरिक प्रतिस्पर्धा बलियो रहेको बताए । ‘टोलीमा उच्च प्रतिस्पर्धा छ । पोजिसन अनुसार टोली निर्माण गरेका छौं । उनको पोजिसनमा हामीसँग विकल्पमा उच्च स्तरका खेलाडी छन् । उनले पनि प्रशिक्षणमा मिहिनेत गरेकी हुन्, तर विकल्पमा धेरै खेलाडी रहेकाले टोली सन्तुलनमा ध्यान दिएँ । अझैपनि डिफेन्समा अलि चिन्ता छ,’ थापाले भने ।

थापाले हाललाई लामो यात्रा भन्दापनि दुई खेलमा राम्रो गर्ने सोच रहेको बताए । ‘अहिलेलाई हमोर क्यालेन्डरमा यो दुई खेल छ । राम्रो प्रदर्शन गर्दै नतिजा ल्याउने प्रयास हुनेछ । त्यसपछि के हुन्छ एन्फासँग छलफल होला । अहिलेलाई मैले यो भारत भ्रमणबारे सोचेर टोली निर्माण गरेको छु,’ थापाले भने ।
अन्तिम टोली :
गोलरक्षक (३) – एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर र उषा नाथ
डिफेन्डर (७) – हिरा कुमारी भुजेल, घिम कुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक र समिक्षा घिमिरे
मिडफिल्डर (८) – विमला चौधरी, सविता राना मगर, सरु लिम्बु, दिपा शाही, रेनुका नगरकोटे, अनिता बस्नेत, प्रिती राई र अनिता केसी
फरवार्ड (५) – अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला विक
दोस्रो चरणबाट बाहिरिएका खेलाडी :
सपना राई, अन्जली वाइबा, सिर्जना चेम्जोङ, दिपा न्यौपाने, सरस्वती ऐर, सरस्वती हमाल, चन्द्रा भण्डारी, मन्जली कुमारी योन्जन, गंगा गुरुङ र रजनी थोकर
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]