8 months ago
February 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा पारस चौधरीलाई नियुक्त गरेका छन् । एन्फाले भारतसँगको दुई मैत्रीपूर्ण खेलका लागि चौधरीलाई सहायक प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको हो । उनलाई एन्फाका महासचिव किरण राईले शुक्रबार नियुक्ति पत्र प्रदान गरे । भारतसँगको दुई मैत्रीपूर्ण खेलका लागि एन्फाले अनन्त […]
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा पारस चौधरीलाई नियुक्त गरेका छन् ।
एन्फाले भारतसँगको दुई मैत्रीपूर्ण खेलका लागि चौधरीलाई सहायक प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको हो । उनलाई एन्फाका महासचिव किरण राईले शुक्रबार नियुक्ति पत्र प्रदान गरे ।
भारतसँगको दुई मैत्रीपूर्ण खेलका लागि एन्फाले अनन्त राज थापालाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ । उनले विगत दुई सातादेखि टोलीलाई प्रशिक्षण गराइरहेको छ ।
प्रशिक्षक थापाले शुक्रबारै ३३ सदस्यीय टोलीबाट १० खेलाडीलाई बाहिर राख्दै २३ सदस्यीय टोली घोषणा गरेका छन् । चोटका कारण साफ महिला च्याम्पियनसिप गुमाएकी कप्तान रेनुका नगरकोटे टोलीमा फर्कंदा साफको टोलीमा रहेकी मन्जली योृन्जन भने अन्तिम छनोटमा पर्न सकिनन् । प्रशिक्षक थापाले नेपाल पुलिस क्लबका निर्मला विक र घिम कुमारी गुरुङलाई राष्ट्रिय टोलीमा पुनरागमनको अवसर दिएका छन् । युवा खेलाडी सविता रानामगरले पनि टोलीमा पुनरागमन गरेकी छिन् ।
गोलरक्षक सपना राई, डिफेन्डरहरु अन्जली वाइबा, सिर्जना चेम्जोङ र गंगा गुरुङ अन्तिम टोलीमा परेनन् । मन्जलीसँगै मिडफिल्डर दिपा न्यौपाने, सरस्वती ऐर र सरस्वती हमाल अन्तिम टोलीमा नरहँदा फरवार्डद्वय चन्द्रा भण्डारी र रजनी थोकर पनि बाहिरिएका छन् ।
नेपालले फेब्रुअरी १५ र १८ तारिखमा भारतको चेन्नईमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । भारतविरुद्ध दुई खेल खेल्ने नेपाली टोली १३ तारिख सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ ।
अन्तिम टोली :
गोलरक्षक (३) – एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर र उषा नाथ
डिफेन्डर (७) – हिरा कुमारी भुजेल, घिम कुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक र समिक्षा घिमिरे
मिडफिल्डर (८) – विमला चौधरी, सविता राना मगर, सरु लिम्बु, दिपा शाही, रेनुका नगरकोटे, अनिता बस्नेत, प्रिती राई र अनिता केसी
फरवार्ड (५) – अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला विक
दोस्रो चरणबाट बाहिरिएका खेलाडी :
सपना राई, अन्जली वाइबा, सिर्जना चेम्जोङ, दिपा न्यौपाने, सरस्वती ऐर, सरस्वती हमाल, चन्द्रा भण्डारी, मन्जली कुमारी योन्जन, गंगा गुरुङ र रजनी थोकर
September 24, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा न्युक्यासल युनाइटेडले सेफिल्ड युनाइटेड माथि ८-० को फराकिलो जित हासिल गरेको छ। खेलमा ८ गोल ८ फरक खेलाडीले गरेका थिए। खेलमा सेन लङस्टाफ, ड्यान बर्न, स्वेन बोटम्यान, क्यालम विल्सन, उत्कृष्ट एन्थोनी गोर्डन, मिगुएल अल्मिरोन, ब्रुनो गुइमारेस र अलेक्ज्याण्डर इसाकले खेलमा गोल गरेका थिए। मंगलबार च्याम्पियन्स लिगको परिश्रम […]
September 24, 2023
एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केनको ह्याट्रिकको मद्दतमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा शनिबार शानदार विजय प्राप्त गरेको छ । बायर्नले बोचुमलाई ७–० ले पराजित गरेको थियो । बायर्न पुगेपछि उच्च प्रदर्शन गर्दै आएका केनले ह्याट्रिकसहित दुई असिस्ट पनि गरे । १३ औं मिनेटमा पहिलो गोल गरेका केनले ५४ औं मिनेटमा पेनाल्टीमा दोस्रो गोल गरे । […]
September 24, 2023
एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लगातार छैटौं जित निकालेको छ । साविक विजेता समेत रहेको शनिबार सिटीले नटिङ्घम फरेस्टलाई २–० ले हराएको हो । १० खेलाडीले सिमित रहँदा पनि सिटीलाई रोक्न नटिङ्घम असफल रह्यो । घरेलु मैदान इतिहाद रंगशाल टोलीलाई जित दिलाउन फिल फोडेन र एर्लिङ हाल्यान्डले गोल गरे । सातौं मिनेटमा फोडेनको […]