3 years ago
February 10, 2023
एजेन्सी – करिम बेन्जेमा, लियोनल मेस्सी र केलियन एमबाप्पे शुक्रबार द वेष्ट फिफा पुरुष खेलाडी अवार्डको अन्तिम मनोनयनमा परेका छन् । फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिम तीनको नाम तय भएको हो ।

तीनै मतदातालाई अन्तिम तीनको मनोनयमा परेका बेन्जेमा, मेस्सी र एमबाप्पेमध्येलाई छनोट गर्न भनिनेछ । सन् २०२१ अगष्ट ८ देखि २०२२ डिसेम्बर १८ को प्रदर्शनका आधारमा उनीहरुलाई छनोट गर्न भनिएको छ । यि तीन मध्ये अर्जेन्टिनाका कप्तान मेस्सीले द वेष्ट फिफा अवार्ड जितेका छन् । उनले सन् २०१९ मा उक्त अवार्ड जितेका थिए ।
यो अवार्डको अवधारणा सन् २०१६ बाट सुरु भएको थियो । त्यसयता मेस्सी अन्तिम तीनमा पर्न एक पटक असफल भएका थिए । मेस्सी मनोनयनमा नपरेको २०१८ को संस्करणमा लुका मोड्रिचले जितेका थिए । पछिल्लो दुई सिजन रोर्बेटो लेवान्डोस्कीले द बेष्ट फिफा अवार्ड जितेका थिए ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट उच्च प्रदर्शन गरिरहेका मेस्सीको कप्तानीमा अर्जेन्टिनाले गत वर्ष विश्व कप उपाधि जितेको थियो । पिएसजीमा मेस्सीका सहकर्मी एमबाप्पेले फ्रान्स र क्लब दुवैका लागि लगातार गोल गर्दै आएका छन् । अर्जेन्टिनासँग विश्व कपको फाइनल हारेको फ्रान्सका लागि एमबाप्पेले विश्वकपमा ८ गोल गरेका थिए । २४ वर्षे एमबाप्पे विश्व कपमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचीको छैटौं नम्बरमा छन् ।
मेस्सी र एमबाप्पले जस्तो बेन्जेमाले विश्व कप छ खेलेनन् । चोटका कारण उनले विश्व कप गुमाउनु परेको थियो । तर रियल म्याड्रिडका लागि उच्च प्रदर्शन गरेका बेन्जेमाले बालेन डी ओर जितेका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]