10 months ago
February 11, 2023
एजेन्सी – फ्रान्सेली फरवार्ड ओलिभर जिरुडको निर्णायक गोलमा एसी मिलानले इटालियन सिरी ‘ए’ मा जित निकालेको छ । मिलानले घरेलु मैदानमा टोरिनोमाथि १–० को झिनो जित हात पारेको हो । मिलानको जितमा जिरुडले गरेको गोल नै निर्णायक बन्यो । मिलानोमा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा जिरुडले ६२औं मिनेटमा हेडमार्फत गोल गरेका थिए । […]
एजेन्सी – फ्रान्सेली फरवार्ड ओलिभर जिरुडको निर्णायक गोलमा एसी मिलानले इटालियन सिरी ‘ए’ मा जित निकालेको छ ।
मिलानले घरेलु मैदानमा टोरिनोमाथि १–० को झिनो जित हात पारेको हो । मिलानको जितमा जिरुडले गरेको गोल नै निर्णायक बन्यो ।
मिलानोमा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा जिरुडले ६२औं मिनेटमा हेडमार्फत गोल गरेका थिए । उनले थियो हर्नान्डेजको पासलाई सदुपयोग गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा मिलान विजयी हुन सफल भयो ।
यस जितसँगै मिलान छैटौं स्थानबाट तेस्रो स्थानमा उक्लिएको छ । मिलानको २२ खेलबाट ४१ अंक पुगेको छ । मिलान एक खेल कम खेलेको दोस्रो स्थानको इन्टरसँग २ तथा शीर्षस्थानको नेपोलीसँग १५ अंकले पछि छ । पराजित टोरिनो ३० अंक जोडेर सातौं स्थानमा छ ।
November 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो सिजन अन्तर्गत बुधबारको खेलमा ललितपुर सिटी फुटबल क्लब र पोखरा थन्डर्सले खेल्दैछन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । पोखरा र ललितपुर दुवैले पहिलो खेलमा जित दर्ता गरेका थिए । पोखराले पहिलो खेलमा चितवनलाई हराउँदा आइकोनिक खेलाडी तथा कप्तान दिनेश राजवंशीले राम्रो प्रदर्शन गरेका […]
November 29, 2023
एजेन्सी – अन्तिम समयमा पेनाल्टी दिन पुग्दा इंग्लिस टोली न्युक्यासल युनाइटेड फ्रेन्च टोली पिएसजी विरुद्ध जितबाट बन्चित भएको छ । पिएसजीको घरेलु मैदान प्रिन्सेस पार्कमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । यस बराबरीले पिएसजी अंक तालिकाको दोस्रो स्थानमा न्युकासल भन्दा १ अंकले अघि बस्न सहयोग पुग्यो । खेल न्युक्यासल युनाइटेडको पोल्टामा पर्ने लगभग […]
November 29, 2023
एजेन्सी – क्याटलान क्लब बार्सिलोना तीन वर्षको अन्तरालपछि युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । घरेलु मैदानमा पोर्चुगिज टोली पोर्टोविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै बार्सिलोनाले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो । बार्सिलोनाका लागि जोआओ क्यान्सेलो र जाेआओ फेलिक्सले एक एक गोल गरे । सुरुवाती समयमा बार्सिलोनाले बल आफूसँग […]