default_image

3 years ago

February 11, 2023

ब्राजिली भेट्रान डिफेन्डरले चेल्सीमा सम्झौता थपे

254 views

0 Bookmark

एजेन्सी – ब्राजिली भेट्रान डिफेन्डर थियागो सिल्भाले इंग्लिस क्लब चेल्सीसँगको सम्झौता नविकरण गरेका छन् । सिल्भाले चेल्सीसँग थप एक वर्षको सम्झौता नविकरण गरेको हो ।

यससँगै ३८ वर्षीय सिल्भा २०२४ को समरको अन्त्यसम्म स्टामफोर्ड ब्रिजमा रहनेछ । सिल्भा २०२० मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट चेल्सीमा अनुबन्ध भएका थिए । सोही सिजन चेल्सीले युइएफए च्याम्पियन्स लिगको उपाधि जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य बनेका थिए ।

चेल्सीमा आबद्ध भएसँगै उनले चेल्सीका लागि सबै प्रतियोगितामा १०६ खेल खेलेका छन् । जसमा दुई एफए कप फाइनल र एक इएफएल कप फाइनल पनि समावेश छ ।

‘चेल्सीमा अनुबन्धित हुनु र बस्नु मेरो लागि विशेष क्षण हो ।’ सिल्भाले भने, ‘जब मैले यहाँ मेरो पहिलो सम्झौतामा हस्ताक्षर गरें, यो केवल एक वर्षको लागि थियो । अब यो चौथो हो ।’

११३ अन्तर्राष्ट्रिय खेल खेलेका सिल्भाको कप्तानीमा ब्राजिल गत नोभेम्वर र डिसेम्बरमा कतारमा भएको फिफा विश्वकपको क्वाटरफाइनलसम्म पुगेको थियो । ब्राजिल क्रोएसियासँग पेनाल्टीमा पराजित हुँदै घर फर्किएको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.