default_image

3 years ago

February 12, 2023

रियल म्याड्रिड क्लब विश्वकप च्याम्पियन

435 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड फिफा क्लब विश्वकप च्याम्पियन बनेको छ । साउदी अरेबियनको अल हिलालमाथि ५–३ को जित दर्ता गर्दै रियल पाँचौंपटक क्लब विश्वकपको च्याम्पियन बनेको हो ।

रियललाई पाँचौपटक च्याम्पियन बनाउन भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले समान दुई तथा कप्तान करिम बेन्जेमाले एक गोल थपे । अल हिलालका लुसियानो डारियो भिट्टोले दुई तथा मोउसा मारेगाले एक गोल गरे ।

मोरक्कोको रावतस्थित स्टेड प्रिन्स मोउले अब्दल्लाहमा शनिबार राति गोलको वर्षा भएको खेलको १३औं मिनेटमा भिनिसियसको गोलबाट रियलले खेलमा १–० को अग्रता लिन सफल भएको थियो । उनले कप्तान करिम बेन्जेमाको पासमा गोल गर्न सफल भएका थिए ।

१८औं मिनेटमा फेडे भाल्भेर्डेले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । २६औं मिनेटमा मोउसा मारेगाले मोहम्मद कानोको पासमा गोल गरेपछि पहिला हाफमा २–१ को स्थितिमा टुंगिएको थियो ।

५४औं मिनेटमा कप्तान करिम बेन्जेमाले भिनिसियसको पासमा गोल गर्दै रियललाई खेलमा ३–१ ले अघि बढाए । ५८औं मिनेटमा फेडे भाल्भेर्डेले ड्यानियल कार्भाजलको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै रियललाई सहज जिततर्फ अघि बढाए ।

६३औं मिनेटमा लुसियानो डारियो भिट्टोले साउद अब्दुलहामिदको पासमा गोल गर्दै अल हिलाललाई ४–२ को स्थितिमा ल्याए । ६९औं मिनेटमा भिनिसियसले ड्यानियल सेवालोसको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ खेल गरेपछि रियलले खेलमा ५–२ को अग्रता लिन सफल भयो ।

७९औं मिनेटमा लुसियानो डारियो भिट्टोले माइकलको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपनि त्यसपछि थप गोल निस्कन नसक्दा रियल विजयी हुन सफल भयो ।

रियल पाँचपटक फाइनल पुग्दा पाँचैपटक च्याम्पियन बन्न सफल भएको हो । सन् २०१४ मा सान लोरेन्जोलाई हराएर पहिलोपटक च्याम्पियन बनेको रियलले त्यसपछि २०१६, २०१७ र २०१८ मा लगातार उपाधि जितेको थियो ।

रियलले २०१६ मा कासहिमा एन्टलर्स, २०१७ मा ग्रेमियो र २०१८ मा अल एइनलाई पराजित गर्दै ह्याट्रिक उपाधि जितेको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.