default_image

3 years ago

February 12, 2023

केपी ओली कप – पुलिस र सातदोबाटोबीच उद्घाटन खेल

502 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने केपी ओली कप फुटबल प्रतियोगितामा भाग लिने अधिकांश टोली ए डिभिजनका क्लब रहेका छन् । आयोजक केपी ओली फुटबल क्लबबाहेक ७ वटा ए डिभिजन क्लबले केपी ओली कपको उपाधिका लागि भिड्ने भएका छन् ।

आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरेको छ । फागुन ११ गते हुने उद्घाटन खेल नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३:०० बजे सुरु हुनेछ । फाइनलबाहेकका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने बताइएको छ। फाइनल फागुन १७ गते दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ ।

दोस्रो दिन फागुन १२ गते दुई खेल हुनेछन् । पहिलो खेल ११:०० बजे त्रिभुवन आर्मी क्लब र एनआरटीबीच हुनेछ । सोही दिन मछिन्द्र र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा गर्नेछन् । फागुन १३ गते केपी ओली एफसी र जावलाखेलबीचको खेल दिउँसो ३:०० बजे सुरु हुनेछ । पहिलो सेमिफाइनल फागुन १४ गते र दोस्रो सेमिफाइनल फागुन १५ गते हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । हरेक खेलको विजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख, उदियमान खेलाडी, सर्वाधिक गोलकर्ता, गोलकिपरले समान ५० हजार, हरेक खेलको म्यान अफ दी म्याचले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.