default_image

10 months ago

February 12, 2023

बायर्नविरुद्ध पिएसजीको आक्रामण जोडी टुट्ने

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरणमा फ्रान्स र जर्मनीका च्याम्पियन क्लब आमनेसामने हुँदैछन् । मंगलबार राती हुने पहिलो लेगको खेलमा उपाधिको दावेदारका रुपमा हेरिएका पेरिस सेन्ट जर्मेन (पिएसजी) ले घरेलु मैदान पार्क डे प्रिन्सेसमा बायर्न म्युनिखको सामना गर्नेछ । घरेलु फुटबलमा लगातार दुई हार बेहोरेपछि निकै दबाबमा रहेको पिएसजी बायर्नविरुद्ध खेलअघि […]

34 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरणमा फ्रान्स र जर्मनीका च्याम्पियन क्लब आमनेसामने हुँदैछन् । मंगलबार राती हुने पहिलो लेगको खेलमा उपाधिको दावेदारका रुपमा हेरिएका पेरिस सेन्ट जर्मेन (पिएसजी) ले घरेलु मैदान पार्क डे प्रिन्सेसमा बायर्न म्युनिखको सामना गर्नेछ ।

घरेलु फुटबलमा लगातार दुई हार बेहोरेपछि निकै दबाबमा रहेको पिएसजी बायर्नविरुद्ध खेलअघि सिजनकै सबैभन्दा खराब अवस्थामा छ । एकातर्फ खराब नतिजा र अर्कोतर्फ स्टार खेलाडी घाइते हुँदा प्रशिक्षक क्रिस्टोफ गाल्तिएर समक्ष ठूलो चुनौती छ । पहिलो लेगको खेलमा सकारात्मक नतिजा निकाल्न टोलीलाई कठिन देखिन्छ ।

फ्रान्सका युवा फरवार्ड किलीयन एमबाप्पे खेलका लागि उपलब्ध नहुने लगभग पक्का छ । यसैपनि चोटका कारण उनीमाथि क्लबले जोखिम उठाउन चाहेको छैन । त्यस्तै अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी पनि चोटका कारण पछिल्लो खेलमा अनुपस्थित थिए । उनले सोमबार हुने प्रशिक्षणमा कस्तो गर्छन् हेरेर मात्र बायर्नविरुद्ध खेल्नेबारे निर्णय हुनेछ ।

पिएसजीले च्याम्पियन्स लिग जित्ने लक्ष्यका साथ नेयमार र एमबाप्पे हुँदाहुँदै लिओनेल मेस्सीलाई अनुबन्धन गरेको थियो । तर महत्त्वपूर्ण खेलअघि तीन खेलाडीमध्य दुई घाइते हुँदा टोलीमा समस्या परेको छ । अझ नेयमार यस सिजन सोचेजस्तो प्रदर्शन गर्न सकिरहेका छैनन् । उनी पनि चोटबाट फर्किएका हुन् ।

फ्रेन्च कपमा मार्सेविरुद्ध हार बेहोरेपछि अब लिग र च्याम्पियन्स लिग पिएसजीको लागि अपरिहार्य उपाधि देखिन्छ । क्लब व्यवस्थापनले लामो समयदेखि च्याम्पियन्स लिगलाई मुख्य लक्ष्य बनाएपनि टोली सफल हुन सकेको छैन ।

December 9, 2023

काठमाडौंको अपराजित यात्रा तोड्दै बुटवल तेस्रोमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता काठमाडौं रेजर्स फुटबल क्लबलाई सिजनको पहिलो हार चखाउँदै बुटवल लुम्बिनी फुटबल क्लब नेपाल सुपर लिग २ को तेस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा शनिबार साँझ काठमाडौंलाई २-१ ले पराजित गर्दै बुटवलले सिजनको दोस्रो जित दर्ता गरेको हो । पहिलो खेलमा जित हासिल गरेपछि लगातार बराबरी खेलेको काठमाडौंले चौथो […]

December 9, 2023

डाँगीहाट किराँत गोल्डकप च्याम्पियन

दिपक बोहरा, पाँचथरडाँगीहाट फुटबल क्लब मोरङले बिर्तामोड युनाइटेड झापालाई पराजित गर्दै प्रथम किराँत गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फिदिम माविको मैदानमा शनिबार भएको फाइनलमा डाँगीहाट २-१ ले विजयी भयो । उपाधिसँगै डाँगीहाटले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र बिर्तामोडले भने २ लाख २ हाजर २ सय २२ रुपैयाँ प्राप्त गर्यो। […]

December 9, 2023

बिनोङको गोलमा बुटवललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – क्यामरुनी फरवार्ड स्टेफन बिनोङको गोलमा बुटवल युनाइटेड फुटबल क्लबले नेपाल सुपर लिग २ मा काठमाडौं रेजर्स एफसीविरुद्ध अग्रता लिएको छ । साविक विजेता काठमाडौंविरुद्ध बुटवलले उत्कृष्ट प्रदर्शन गरेको छ । जिलेस्पी जंग कार्कीले सुरुवाती समयमा काठमाडौंका कप्तान कुलदीप कार्कीलाई बायाँ विंगमा निकै समस्या दिए । काठमाडौंले खेलको माहोल विपरित बढेको आक्रमणमा […]

Success

Thank you for your time.