3 years ago
February 12, 2023
काठमाडौं (हाम्रो खेलकुद)– महिला राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि सोमबार भारत प्रस्थान गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले टोलीको आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा विदाई गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव किरण राई, सदस्यहरु पुरुषोत्तम थापा, रुपेश अधिकारी, सरिला श्रेष्ठ, महिला संघकी अध्यक्ष समेत रहेकी पेमा डोल्मा लामालगायतले विदाई गरेका थिए ।
नेपाल र भारतको राष्ट्रिय टोलीबीच बुधबार र शनिबार दुई मैत्रीपूर्ण खेल हुनेछ । भदौंमा काठमाडौंमा भएको साफ च्याम्पियनसिप पछि नेपाल र भारतबीच पहिलो भेट हुन लागेको थियो । त्यति बेला नेपालसँग पराजित भएपछि भारत पहिलो पटक फाइनल पुग्नबाट असफल भएको थियो ।

नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो । विदाईपछि महिला टोलीले आइतबार साँझ दशरथ रंगशालामा प्रशिक्षण गरेको थियो । महिला टोलीको मुख्य प्रशिक्षकमा अनन्त थापा र सहायक प्रशिक्षकमा पारस चौधरी छन् ।
महिला राष्ट्रिय फुटबल टोली
गोलरक्षक (३) – एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर र उषा नाथ
डिफेन्डर (७) – हिरा कुमारी भुजेल, घिम कुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक र समिक्षा घिमिरे
मिडफिल्डर (८) – विमला चौधरी, सविता राना मगर, सरु लिम्बु, दिपा शाही, रेनुका नगरकोटी, अनिता बस्नेत, प्रिती राई र अनिता केसी
फरवार्ड (५) – अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला विक
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]