default_image

3 years ago

February 13, 2023

पेड्रीको गोलमा बार्सिलोनाको जित

212 views

0 Bookmark

एजेन्सी – स्पेनिस युवा मिडफिल्डर पेड्रीको निर्णायक गोलमा शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा जित हात पारेको छ ।

बार्सिलोनाले घरेलु टोली भिल्लारियलमाथि १–० को झिनो जित दर्ता गर्दै शीर्षस्थानमा फराकिलो अग्रता कायम गर्न सफल भएको हो ।

भिल्लारियलमा आइतबार राति भएको खेलमा पेड्रीले पहिलो हाफका गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो । उनले १८औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा गोल गर्न सफल भएका थिए ।

एक गोलले अग्रता बनाएको बार्सिलोनाले त्यसपछि बल पोसेसन गुमाएपनि आफ्नो अग्रतालाई जोगाउँदै महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो ।

पछिल्लो खेलमा बार्सिलोनाले जित निकाल्दा २० वर्षीय मिडफिल्डर पेड्रीको गोल निर्णायक सावित भइरहेको छ । यसअघि गेटाफे र जिरोनामाथिको १–० को जितमा पनि पेड्रीको गोल निर्णायक बनेको थियो । पेड्रीले यो सिजन ला लिगामा २१ खेलमा ६ गोल गरिसकेका छन् ।

ला लिगामा बार्सिलोनाको यो लगातार छैटौं जित हो । ३१ डिसेम्वर २०२२ मा स्पान्योलसँग १–१ गोलको बराबरीपछि बार्सिलोनाले ला लिगामा सबै ६ खेलमा जित हात पारेको छ । यस्तै बार्सिलोना १६ अक्टोवर २०२२ मा रियल म्याड्रिडसँग ३–१ ले पराजित भएयता ला लिगामा १२ खेलसम्म अपराजित छ । जसमा ११ जित र १ हारको नतिजा छ ।

यस्तै बार्सिलोनामा समग्रमा १६ खेलसम्म अपराजित रहेको छ । २७ अक्टोवर २०२२ मा युइएफए च्याम्पियन्स लिगको समूह चरणमा जर्मन क्लब बायर्न म्युनिखसँग ३–० ले पराजित भएयता बार्सिलोनाले १४ जित र २ बराबरीको नजिता निकालेको छ ।

यस जितसँगै शीर्षस्थानको बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई ११ अंकले पछि पारेको छ । बार्सिलोनाको २१ खेलबाट ५६ अंक पुगेको छ । एक खेल कम खेलेको रियलको ४५ अंक छ । पराजित भिल्लारियल ३१ अंक जोडेर आठौं स्थानमा छ ।

अन्य नतिजा
गेटाफेविरुद्ध रायो भालेकानो (१–१)
सेल्टा डि भिगोविरुद्ध एट्लेटिको म्याड्रिड (०–)
रियल भालाडोलिडविरुद्ध ओसासुना (०–०)

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.