3 years ago
February 13, 2023
एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीले सहज जित हात पार्दा युभेन्ट्सले पनि जित निकालेको छ ।

घरेलु मैदानमा नेपोलीले क्रेमोनेसलाई ३–० ले पराजित गरेको हो । नेपोलीको जितमा कभिचा कभाराट्सकेलिया, भिक्टर ओसिमहेन र इल्जिफ इल्मासले गोल गरे ।
डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा आइतबार राति भएको खेलको २२औं मिनेटमा कभिचा कभाराट्सकेलियाको गोलबाट नेपोलीले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो ।
६५औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारे । उनले मिन जाई किमको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि ७९औं मिनेटमा इल्जिफ इल्मासले जियोभानी डि लोरेन्जोको पासमा गोल गर्दै नेपोलीको जित पक्का गरे ।

यस जितसँगै नेपोलीले शीर्षस्थानमा १६ अंकको फराकिलो अग्रता कायम गरेको छ । नेपोलीको २२ खेलबाट ५९ अंक पुगेको छ । एक खेल कम खेलेको इन्टर मिलानको ४३ अंक छ । पराजित क्रेमोनेस ८ अंक जोडेर पुछारमा छ ।
सिरी ‘ए’ कै अर्काे खेलमा युभेन्ट्सले फियोरेन्टिनामाथि १–० को जित दर्ता गरेको छ । युभेन्ट्सको जितमा पहिलो हाफमा एड्रिएन राविओटले गरेको गोल नै निर्णायक बन्यो ।
यस जितसँगै युभेन्ट्स २२ खेलबाट २९ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । नियम उल्लंघन गरेका कारण युभेन्ट्सको १५ अंक घटाइएको थियो ।
१५ अंक नघटाइएको भए युभेन्ट्स अहिले दोस्रो स्थानमा उक्लने थियो । पराजित फियोरेन्टिना २२ खेलबाट २४ अंक जोडेर १४औं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]