3 years ago
February 13, 2023
हिमाल खरेल, भद्रपुर
भद्रपुर झापा गोल्ड कप नजिकिँदै गर्दा गोल्ड कप आयोजक समितिले प्रतियोगितालाई अझ व्यापक बनाउन भद्रपुर रन २०७९ को आयोजना गरेको छ । सोमबार सम्पन्न ‘भद्रपुर रन–२०७९’ को उपाधि सुस्मिता राई र हपन्वा टुडूले जितेका छन् ।

भद्रपुर झापा गोल्ड कपको आयोजनामा भएको ५ किलोमिटर दौड ३२ मिनेटमा पूरा गर्दै सुस्मिता महिलातर्फ विजयी बनेकी थिइन् । १८ मिनेट १७ सेकेन्डमा दौड पूरा गर्दै हपन्वा पुरुषतर्फका विजेता बने । त्यस्तै, महिलातर्फ विन्दा राई दोस्रो र मनिता राई तेस्रो भए । पुरुषतर्फ आशिषकुमार दोस्रो र सुदीप राई तेस्रो भए ।
भद्रपुर–६ स्थित मेची पुलबाट सुरु भएको दौड भद्रपुर बजार–भानुचोक–संगम चोक–सगरमाथा चोक हुँदै मेची रंगशालामा पुगेर सम्पन्न भएको थियो । दुवैतर्फका विजेताले ५ हजार, दोस्रोले ३ हजार र तेस्रो हुने खेलाडीले २ हजार पैयाँ प्राप्त गरे । त्यस्तै चौथोदेखि दसौँसम्म हुने धावकले जनही १ हजार रुपैयाँ पाए ।

भद्रपुर रनले खेलकुद क्षेत्रलाई चलायमान बनाउन मद्दत मिल्ने आयोजक संस्थाका अध्यक्ष दिपेश ढकालले बताए । दौड आयोजनाले फागुन ७ गतेदेखि सुरु हुने भद्रपुर झापा गोल्डकपको प्रचारप्रसारमा थप टेवा मिल्ने आयोजकको अपेक्षा छ ।
दौडमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, शौर्य एयरलाइन्सका अध्यक्ष दिपक पोखरेल, महासंघ १ नम्बर प्रदेश अध्यक्ष टिकाराज ढकाललगायतको पनि सहभागिता रहेको आयोजक संस्थाका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । उनीहरु प्रतिस्पर्धीका रुपमा भने भाग लिएका होइनन् ।

भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी रनमा सहभागी थिए । दौडमा भद्रपुर तथा छिमेकी पालिकाका ४ सय ३६ जनाको सहभागिता रहेको बताइएको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]