default_image

3 years ago

February 13, 2023

बायर्नविरुद्ध खेल्ने टोलीमा मेस्सी र एमबाप्पे समावेश

186 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरणमा फ्रान्स र जर्मनीका च्याम्पियन क्लब आमनेसामने हुँदैछन् । मंगलबार राती हुने पहिलो लेगको खेलमा उपाधिको दावेदारका रुपमा हेरिएका पेरिस सेन्ट जर्मेन (पिएसजी) ले घरेलु मैदान पार्क डे प्रिन्सेसमा बायर्न म्युनिखको सामना गर्नेछ ।

घरेलु फुटबलमा लगातार दुई हार बेहोरेपछि निकै दबाबमा रहेको पिएसजी बायर्नविरुद्ध खेलअघि सिजनकै सबैभन्दा खराब अवस्थामा छ । खराब नतिजाकै कारण प्रशिक्षक क्रिस्टोफ गाल्तिएर समक्ष ठूलो चुनौती छ । यसबिचमा पिएसजीलाई खुसीको खबर आएको छ । घाइते फरवार्डद्वय किलीयन एमबाप्पे र लिओनेल मेस्सी टोलीमा समावेश भएका छन् ।

फ्रान्सका युवा फरवार्ड किलीयन एमबाप्पे खेलका लागि उपलब्ध नहुने सम्भावना थियो । तर क्लबले खेलको अघिल्लो दिन घोषणा गरेको टोलीमा उनलाई समावेश गरेको छ । त्यस्तै अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी पनि चोटका कारण पछिल्लो खेलमा अनुपस्थित थिए । अब सोमबार हुने प्रशिक्षणमा मेस्सी र एमबाप्पेले कस्तो गर्छन् हेरेर मात्र बायर्नविरुद्ध सुरुवाती रोजाइमा खेल्नेबारे निर्णय हुनेछ ।

पिएसजीले च्याम्पियन्स लिग जित्ने लक्ष्यका साथ नेयमार र एमबाप्पे हुँदाहुँदै लिओनेल मेस्सीलाई अनुबन्धन गरेको थियो । तर महत्त्वपूर्ण खेलअघि चोट बोक्दा टोलीमा समस्या परेको छ । अझ नेयमार यस सिजन सोचेजस्तो प्रदर्शन गर्न सकिरहेका छैनन् । उनी पनि चोटबाट फर्किएका हुन् ।

फ्रेन्च कपमा मार्सेविरुद्ध हार बेहोरेपछि अब लिग र च्याम्पियन्स लिग पिएसजीको लागि अपरिहार्य उपाधि देखिन्छ । क्लब व्यवस्थापनले लामो समयदेखि च्याम्पियन्स लिगलाई मुख्य लक्ष्य बनाएपनि टोली सफल हुन सकेको छैन ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.