default_image

3 years ago

February 13, 2023

रसियाले साफ यू–१७ महिला च्याम्पियनसिप खेल्ने

306 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रसियाको युवा टोलीले बंगलादेशमा मार्चमा आयोजना हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ ।

दक्षिण एसियन फुटबल फेडेरेसन (साफ) ले सोमबार रसियाको यू–१७ टोलीले च्याम्पियनसिपमा सहभागिता जनाउने पुष्टि गरेको छ । साफले युइएफए असिस्ट कार्यक्रमअन्तर्गत यो च्याम्पियनसिप आयोजना गर्न लागेको हो ।

यो सँगै च्याम्पियनसिपमा पाँच राष्ट्रको सहभागिता रहने भएको छ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहनेछ । साफले सोमबारै खेल तालिकासमेत सार्वजनिक गरेको छ । च्याम्पियनसिप २० देखि २८ मार्चसम्म हुनेछ ।

नेपालले २० मार्चमा भारतसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । सोही दिन भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । २२ मार्चमा बंगलादेश र रसियाले प्रतिस्पर्धा गर्दा सोही दिन नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

२४ मार्चमा रसिया र भुटान तथा भारत र बंगलादेशबीच खेल हुनेछ । २६ मार्चमा नेपाल र रसिया तथा भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ । २८ मार्चमा बंगवादेश र नेपाल तथा रसिया र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

सर्वाधिक अंक जोड्ने टोली च्याम्पियन बन्नेछ । च्याम्पियनसिपको सबै खेल बिएसएसएमके स्टेडियम ढाकामा हुनेछ । च्याम्पियनसिपको लागि मुख्य प्रशिक्षक भगवती राना मगरले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ ।

नेपालको प्रारम्भिक टोली
गोलकिपर –
सुजाता तामाङ (चितवन), राधिका ओली (दाङ), पुष्पा रोकाया (कैलाली) र करुणा बुढाथोकी (बारा)
डिफेन्डर – अमिता भुल (कैलाली), माया मास्के (स्याङ्जा), झुमा विश्वकर्मा (मोरङ), विपना स्नेही (कैलाली), सीता रोकाया (कैलाली), लिला चन्द (कैलाली), अञ्जना पुन मगर (दाङ), प्रेना डोल्मा लामा (सर्लाली), दिपा मगर (उदयपुर), सिमरन राई (झापा), रेणु लिम्बु चाबेगु (झापा)
मिडफिल्डर – रुपा लिम्बु (मोरङ), दिलमाया घिसिङ (बारा), भावना परियार (स्याङ्जा), विकल्प कुमारी चौधरी (कैलाली), सुमी हाङ्मा राई (सप्तरी), सुक्रिया मिया (स्याङ्जा), काजल स्याङ्तान (रौतहट), सुशीला केसी (चितवन) र पुनम चेम्जोङ (पाँचथर)
फरवार्ड – सेनु परियार (नवलपुर), दीपा रोकाया (कैलाली), वर्षा ओली (कैलाली) र कविता गुरुङ (रौतहट)

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.