3 years ago
February 13, 2023
एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ सम्मिलित राउन्ड ग्लास पन्जाब सोमबार आइ लिगमा विजयी भएको छ । अर्का राष्ट्रिय खेलाडी अन्जन विष्ट सम्मलित केन्क्रे भने पराजित भएको छ ।

पन्जाबले एजवाल एफसीलाई १–० ले हराएको छ । ५३ औं मिनेटमा चेन्चो ग्यात्सेनले ५३ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो । किरण खेलको हिरो अफ दी म्याच घोषित भएका थिए ।
अन्जन सम्मिलित केन्क्रे भने अंक तालिकाको पुछारमा सुदेवा दिल्लीसँग ३–१ ले पराजित भएको छ । अन्जनले सुरुवात गरेको खेलको पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो । आर लालबेलियानाले ५६ औं मिनेटमा गोल गरेका थिए । सिलेन्थाङ लोटजेमले ६७ औं र ७७ मिनेटमा गोल गरेको खेलमा केन्क्रेका लागि सामान्दार ओचिलोभले ७४ औं मिनेटमा गोल भएका थिए ।

१७ खेलमा ३७ अंकका साथ किरणको पन्जाब दोस्रो स्थानमा छ । समान अंक भएको श्रीनिदी डेकन गोलअन्तरमा शीर्षस्थानमा रहेको छ । आइजवाल २३ अंकसहित छैटौं स्थानमा छ । सुदेवा जितका साथ ९ अंकसहित अंकतालिकाको पुछारमा छ । १२ टोलीको सहभागिता रहेको आइ लिगमा केन्क्रे १४ अंकका साथ ११ औं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]