3 years ago
February 14, 2023
एजेन्सी – इजिप्टका मोहम्मद सलाह र यसै विन्टरमा अनुबन्धित भएका डच फरवार्ड कोडी गाक्पोले पहिलो गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिगमा जित दर्ता गरेको छ ।

मर्सिसाइड डर्वी भिडन्तमा लिभरपुलले एभर्टनलाई २–० ले पराजित गरेको हो । एनफिल्डमा सोमबार राति भएको खेलमा लिभरपुलले खेलको सुरुवातदेखि नै दवाव सिर्जना गरेपनि गोलको लागि ३६औं मिनेट पर्खनुपरेको थियो ।
मोहम्मद सलाहले गोल गर्दै लिभरपुलाई १–० को अग्रता दिलाए । उनले डार्विन नुनेजको पासमा गोल गर्न सफल भएका थिए ।४९औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डको लो क्रसलाई गाक्पोले सदुपयोग गरेका थिए ।
लिभरपुलमा गाक्पोको यो पहिलो गोल हो । कतार विश्वकप २०२२ मा उच्च प्रदर्शन गरेपछि गाक्पो यसै विन्टरमा डच क्लब पिएसभी इन्डोभेनबाट लिभरपुल आएका थिए । तर, लिभरपुलमा उनले गोल गर्न भने संघर्ष गर्नुपरेको थियो । उनले लिभरपुलका लागि सातौं खेलमा पहिलो गोल गरेका हुन् ।
यस जितसँगै लिभरपुल २१ खेलबाट ३२ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित एभर्टन २२ खेलबाट १८ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]