3 years ago
February 14, 2023
एजेन्सी – कतारले फिफा विश्वकप कतार २०२२ को आयोजना दौरान प्रयोग गरिएको १० हजार अस्थायी घरहरु भूकम्पका कारण निकै समस्यामा रहेको टर्की र सिरिया पठाउने भएको छ ।

गत साता टर्की र सिरियामा आएको दुई शक्तिशाली भूकम्पले ४० हजार व्यक्तिको ज्यान लिएको अनुमान रहेको छ । टर्कीमा झन्डै १० लाख विस्थापित भएको तथ्यांक रहेको छ भने सिरियामा त्यो भन्दा बढी क्षति भएको अनुमान गरिएको छ । दुवै देशमा उद्दार कार्य सुरु गरिएको छ ।
कतारको विकास कोषले एक भिडियोमार्फत सहयोगको पहिलो ब्याच पठाएको छ । कतारी अधिकारीले विश्वकपमा प्रयोग गरिएका अस्थायी बसोबास अन्य राष्ट्रलाई दिने योजना रहेको बताए ।
‘हाम्रो योजना अस्थायी बसोबास अन्य राष्ट्रलाई दिने योजना थियो । अहिले टर्की र सिरियालाई अकस्मात सहयोग आवश्यक परेको छ । हामीले आफ्नो स्रोत त्यस क्षेत्रमा प्रयोग गर्ने निर्णय गरेका छौं,’ कतारी अधिकारीले भने ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]