3 years ago
February 14, 2023
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली फुटबलको पुरुषतर्फको सबैभन्दा महत्वपूर्ण प्रतियोगिताका रुपमा रहेको साफ च्याम्पियनसिपको १४ औं संस्करण भारतमा आयोजना हुने तय भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) कार्यसमितिको मंगलबार बसेको भुर्चअल बैठकले यो वर्ष साफ च्याम्पियनसिप भारतमा आयोजना गर्ने निर्णय भएको बताइएको छ । भारतमा साफ च्याम्प्यिनसिप हुने निश्चित भएपछि आयोजना स्थल र मिति भने पछि तय हुने बताइएको छ । मार्च १० मा आयोजना स्थल तय हुने जनाएको छ ।
भारतमा साफ च्याम्पियनसिप आयोजना हुन लागेको यो चौथो पटक हो । यसअघि सन् १९९९, २०११ र २०१५ मा च्याम्पियनसिप भारतमा आयोजना भएको थियो । बंगलादेशले ३ पटक, नेपाल, पाकिस्तान, माल्दिभ्स र श्रीलंकाले समान २ पटक आयोजना गरेका छन् । सन् २००८ को संस्करण भने माल्दिभ्स र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका थिए । नेपालले सन् १९९७ र पछिल्लो पटक २०१३ मा साफ च्याम्पियनसिप आयोजना गरेको थियो ।
तीन दशक लामो इतिहास रहेको साफ च्याम्पियनसिपको उपाधि नेपालले अहिले सम्म जित्न सकेको छैन । पछिल्लो पटक सन् २०२१ मा माल्दिभ्समा च्याम्पियनसिप आयोजना हुदा नेपाल पहिलो पटक फाइनल पुगेको थियो । त्यसको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो । साफ च्याम्पियनसिप भारतले सर्वाधिक ८ पटक , माल्दिभ्सले २ पटक, बंगलादेश, श्रीलंका र अफगानिस्तानले एक पटक जितेका छन् ।
नेपालमा आयोजना भएको साफ च्याम्पियनसिप अफगानिस्तानले जितेको थियो । अन्तिम पटक अफगास्तिानले २०१५ को संस्करणमा भाग लिएको थियो । यसअघिको संस्करणमा ५ टोलीको सहभागिता रहेको थियो भने यसपटक साफका सबै ७ सदस्य राष्ट्रको टोलीको सहभागिता रहने बताइएको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]